२० औँ अन्तर्राष्ट्रिय युवा दिवस

बेलडाँडी,
२० औँ अन्तर्राष्ट्रिय युवा दिवस सोमवार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट १२ का दिन विश्वभर युवा दिवस मनाउने गरिएको छ ।
सोमवार पनि कञ्चनपुरको विभिन्न ठाउँमा विभिन्न कार्यक्रमका साथ युवा दिवस मनाईदै छ । बेलडाँडीगाउँपालकामा रहेको बेलडाँडी युवा संजालद्धारा बृहत युवा अन्तरकृया कार्यक्रम गर्ने तयारी रहेको बेलडाँडी युवा संजालका संयोजक लक्ष्मी जैशीले जानकारी गराउनु भयो ।
नमुना युवा सदन भिमदत्तले पनि विहान प्रभात फेरीका साथ बृक्षारोपण, रक्तदान र साझ दिपप्रज्वलन गर्न लागेको जनाइएको छ । यस्तै कञ्चनपुर भरीका सबै स्थानीय तहमा विभिन्न कार्यक्रम गर्न लागेको जानकारी प्राप्त भएको छ ।

संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो । युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गराउन यो दिवस मनाउने गरिएको छ ।

दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने उपाय तथा हुनसक्ने परिवर्तनको विकल्पलाई देखाउँछ । विभिन्न देशमा त्यहाँको परिवेश अनुसार युवा उमेरको हद तोकिएको छ ।

उमेरको परिधि जति भए पनि युवा उमेर भनेको जोश, जाँगर र समाज तथा राष्ट्रका लागि केही योगदान दिन सक्ने सयम हो । दिवसको अवसरमा यो वर्षको नारा, शिक्षामा रुपान्त्रण उद्यमशिलता र नवप्रवतन’ भन्ने तयार गरिएको छ ।

नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो ।

यसलाई अर्थशास्त्रीले जनसाङ्ख्यिक लाभका रूपमा हेर्ने गर्छन् । धेरै मुलुकमा युवा जनसङ्ख्या बढी भएको समयमा विकासमा फड्को मारेका उदाहरण छन् । तर नेपाललले युवा जनशक्तिलाई सदुपयोग गर्न नसक्दा झण्डै ४० लाख युवा विदेशमा श्रम बेच्न बाध्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *