यौनकाण्डमा भाँसीए बेलौरी मालपोत कार्यालयका प्रमुख

कञ्चनपुर,

 भ्रष्टाचारको अड्डा मालपोतका हाकिम यौनकाण्डमा पनि अघि

मालपोत कार्यालय भन्ने वित्तिकै सबैको ध्यान भ्रष्टाचार हुने गराउने र घुस खाने बुझ्छ ।

तर, बेलौरी मालपोत कार्यालयका हामिकले यसलाई छर्लाङ मार्दै यौनकाण्डमा परिणत गरिदिएका छन् । उनले स्थानीय विवाहित महिलासंग यौनलिला मच्चाएपछि प्रहरी फन्दामा परेका छन् ।

कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोज बहादुर ऐडी महिलाकै घरबाट पक्राउ परेपछि मालपोतका कार्यालय प्रमुख ऐडी भ्रष्टाचार अड्डामा सर्वसाधारणले हेर्ने दृष्ट्रिकोण परिर्वतन गरिदिएका छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीले गयराती दुवैजनालाई महिलाकै घरबाट शंकास्पद अवस्थामा पक्राउ गरेको जनाएको छ । ईप्रका बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका घर परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए ।

‘हामीले उनीहरुलाई पक्राउ गरेका होईनौँ, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘उजुरीका आधारमा घटना बारे सोधपुछ गर्नका लागि मात्रै ल्याएका हौँ ।’ उनीहरु एक रात हिरासतमा राखेर दुवैका परिवारलाई प्रहरीले ईप्रका बेलौरीमा बोलाएको छ । कहिले बेलौरी नगरपालिका प्रमुख कहिले मालपोत कार्यालय बेलौरीका प्रमुखको जिम्मेबारी पाएर काम गर्दै आएका ऐडी दशैँ विदामा समेत घर गएका थिएनन् ।

डडेल्धुरा घए भएका उनी दशौँमा घर जान छाडेर ति विवाहित महिलाको घरमा भेटिएपछि घर परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । बेलौरी प्रहरीका अनुसार ति दुवैको केही समयअघिदेखि यौनसम्बन्ध रहेको जनाएको छ । उनीहरुमाथी कुन प्रकृतिको मुद्दा चलाउने वा दुवैलाई परिवारले जिम्मा दिने विषयमा बेलौरी प्रहरी अन्यौल परेको छ । घटना बारे बेलौरीका स्थानीय चकित भएका छन् । स्थानीयले घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कार्बाहीकोमाग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *