मिन्स भएका बेला आफ्नो घरको बाटो हिडेको निहुमा दुई महिलामाथी कुटपिट

कञ्चनपुर,

अहिले सरकारले महिला हिंसा र महिला माथी हुने रुढिबादी विभेद अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान देशैभरी शुरु गरेको छ ।

सरकारले सारेको अभियान सरकात्मकतर्फ उन्मुख भएका बेला एक पुरुषले छाउप्रथाको विषयमा महिलामाथी कुटपिट गरिदिएका छन् । मिन्स भएका बेला आफ्नो घरको बाटो हिडेको निहुमा कञ्चनपुर बेलडाँडीका एक पुरुषले दुई महिलामाथी कुटपिट गरेका छन् ।

बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका दल बहादुर शाहले शुक्रबार छिमेकी गिता खडका र ईश्वरी खडकामाथी कुटपिट गरेका हुन् । पीडित खडका परिवारले मिन्स भएका बेला आफ्नो घरको बाटो हिडेर भैसीले दुध दिन छाडेको आरोपमा देउरानी–जेठानीमाथी कुटपिट गरेको बताएका छन् ।

शाहको कुटपिटबाट घाईते भएका गिता र ईश्वरीको धनगढी स्थित नोभा अस्पतालमा उपचार भईरहेको छ । घाईते ईश्वरी खडकाले मिन्स भएका बेला आफ्नो घरको बाटो किन ? हिडेको भन्दै देउरानी गितालाई गालीगलैच गर्दैगर्दा आफुले चुप लाग्नु भनेपछि आफुमाथी पनि कुटपिट गरेको बताईन् ।

‘हिजोसम्म देउरानीलाई मिन्स भएको पाँच दिन भईसकेको थियो, ‘ईश्वरी खडकाले भनिन, ‘मिन्स पछिपनि छिमेकी दल बहादुर शाहले हामीदुवै जनामाथी कुटपिट ग¥यो ।’ दल बहादुरको जमिनमा बस्दै आएका खडका र शाह परिवारको घरजाने हिड्ने बाटो एकै छ । खडका परिवार आरक्षपीडित हुन् । दुवै महिलामाथी कुटपिट गर्ने दल बहादुर शाहलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तर, घटनाको चौतर्फि बिरोध भईरहेको छ । स्थानीय, छिमेकी र महिला अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । अधिकारकर्मी माया नेगीले सरकारले छाउपडी प्रथा उन्मुलनका लागि देशव्यापी अभियान संचालनकै बेला कञ्चनपुरमा घटेको घटनाले अझैपनि पुरातन सोच विचार भएका केही व्यक्तिका कारण सरकारको अभियान निरर्थन बनाउने षड्यन्त्र भईरहेको बताए ।

नेगीले घटनाको सत्यतथ्य छानिबन गरेर पीडित महिलाको उपचार र न्यायका लागि कुनैपनि कसर बाँकी राख्न नहुने माग गरिन् । घटनामा चलखेल गरे त्यस बिरुद्ध आन्दोलन छेड्ने समेत महिला अधिकारकर्मीको चेतावनी छ । सरकारले संचालन गरेको समाजिक अभियान विफल पार्नका लागि केही समुह सकृय भएको उदाहरणको रुपमा ब्याख्या विश्लेषण गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *