बेलडाँडीमा आज मंगलवार पनि तीज

बेलडाँडी,

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आज मंगलवार पनि तीज लाग्ने भएको छ ।
कञ्चन सामुदायिक विकास केन्द्रको आयोजनामा आज बेलडाँडी गाउँपालिकाको चवन्नी वजारमा तीज मिलन कार्यक्रम आयोजना गरेको सामुदायिक विकास केन्द्रकी सहजकर्ता गिता रानाक्षेत्रीले जानकारी गरानु भयो ।

उहाँका अनुसार आज पञ्चमी भएका कारण र तीजको अन्तिम दिन समेत रहेकाले तीजको शुभकामना आदानप्रदानका साथै पञ्चमी समेत मानउने बताउनु भयो ।
बर्ष भरीमा महिलालाई प्राथामित्ता गरेर आयोजना गरिने तीजले समृद्धी, सदभाव ल्यावस भन्ने उदेश्यले भोली पनि तीज आयोजना गर्न लागेको बताइन ।

कञ्चन सामुदायिक विकास केन्द्रकी अध्यक्ष सरिता रोकायाले भने यो तीज संस्थाको होइन यो सबै हिन्दु नारीहरुको भएकाले सबैले उपस्थिति भइ सहभागिता जनाउनु पर्ने बाताए ।
संस्थाले तीजमा सबैलाई सहभागि हुन अनुरोध समेत गरेको छ । तीजलाई भड्कीलो हुन नदिन र मौलिक तरिकाले तीजमनाउन औपचारीक रुपले कार्यक्रमका साथ आयोजना गरिने भएको समेत आयोजकले जनाएको छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ । हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बस्ने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *