
विकास सिह महता/कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाँउ पालिका वडा नं. ५ स्थित देखतभुलिमा इटाहा चारपाते युवा क्लबले आयोजना गरिएको चौथो संस्करणको आई सि वाइ सि कप –२०७६ को फाइनलमा आयोजक इटाहा चारपाते युवा क्लब र नवदुर्गा युवा क्लब आज मंगलबार उपाधि रक्षाका लागि भिड्नेछन् ।
सोमबार भएको दोस्रो सेमिफाइनल खेल नवदुर्गा युवा क्लब र कलकत्ता युवा समाज कलकत्ता बिच भएको खेलमा ६–१ गोलको अन्तर कलकत्ता समाज लाई पराजित गर्दै आफ्नो फाइनलको यात्रा नवदुर्गाले तय गरेको छ ।
पहिलो हाफमा दुवै टिमले एक एक गोल बराबरी खेलेका थिए । भने नव दुर्गाको तर्फबाट १७, २३ मिनेटमा आफ्नो टिमको लागि कमल देउवाले दुई गोल, ४९, ५७ मिनेटमा मोहन आले ले दुई गोल र ६१ औं मिनटमा दिपक रानाले आफ्नो टिमको लागि एक गोल गरेका थिए भने नवदुर्गा र कलकताका दुवै टिमले १–१ गोल हात्मघाती उपहार दिएका थिए ।
पहिलो सेमिफाइनल खेल आयोजक इटाहा चारपाते युवा क्लब र कार्मेल युवा क्लब बिच भएको खेलमा ४–० गोलले कार्मेल युवा क्लब पराजित हुँदा आयोजकले तेस्रो पटक उपाधी होडमा रहेको छ । उक्त खेलको पहिलो हाफको ३,१२ र ३५ मिनेटमा अशोक चौधरी ,राम सिंह राना र सागर बि सि ले गोल गरेको थियो भने दोस्रो आफको ५२ मिनेटमा ब्यक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरेका थिए ।
आयोजक र नवदुर्गा युवा क्लब आज मंसिर १७ गते दिउँसो १२ बजे उपाधी रक्षाका लागि दुबै टिम एक आपसमा प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ। यो संगै चौथो संस्करणको आइ सि वाइ सि कप फुटबल प्रतियोगिता – २०७६ को भब्यताका साथ आज समापन हुने उक्त कपका संस्थापक हेमन्त रानाले बताउनु भएको छ । प्रतियोगिता मंसिर ७ गते देखि सुरु भएको थियो भने प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको र खेल नकाउट बिधिबाट एन्फा रेफ्री द्धारा संचालन गरिएकको थियो।
चौथो संस्करणको आई सि वाई सी कप–२०७६ को विजेताले नगद ५१ हजार १ सय ५१ रुपैय ३१ हजार १ सय ३१ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन।