पुरानै मुल्यमा उखु बेच्न बाध्य किसान

कञ्चनपुर,
कञ्चनपुरका उखु किसान पुरानै मुल्यमा उखु बेच्न बाध्य भएका छन् ।

यस बर्ष उखुको सिजन शुरु हुँदा पनि सरकारले उखुको मुल्य निर्धारण गरेको छैन् । सरकारले उखुको मुल्य निर्धारण नगर्दा कञ्चनपुरका किसान मारमा परेका छन् । सरकारले उखुको मुल्य निर्धारण नगरेपछि किसानले उद्योगले नै तोकेकै मुल्यमा उखु बिक्रि गर्न बाध्य भएका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगर स्थित रहेको महाकाली सुगर ईण्डष्ट्रिज प्रालिले उखुको मुल्य निर्धारण गरेको छ । किसानसंगको सहकार्यमा उखुको मुल्य निर्धारण गरिएको हो ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन कुमार राईले उद्योगले अनुदान रकम घटाएर उखुको मुल्य निर्धारण गरेको बताए । कोषाध्यक्ष राईका अनुसार प्रति क्विन्टल लक्कड ४०१, समान्य ४१६ र उन्नत ४४१ को मुल्य निर्धारण गरिएको छ । ६५ रुपैया प्रति क्वन्टिलमा रकम थप गर्दा लक्कड ४६६, समान्य ४८१ र उन्नत ५०७ रुपैया हुने छ ।

सरकारले दिने अनुदानको ठेगान नहुँदा उद्योगले अनुदान रकम घटाएर मुल्य निर्धारण गरेको कोषाध्यक्ष राईले बताए ।
अघिल्लो बर्ष अनुदान रकम सहित लक्कड ४५१, सामान्य ४७५ र उन्नत ५०१रुपैया निर्धारण गरेको थियो । गत बर्षको तुलानामा यस बर्ष लक्कडमा १५, समान्यमा ७ र उन्नतमा ५ रुपैया बृद्धि भएको छ ।

नगदेबालीमा रुपमा रहेको उखुको मुल्य सरकारले निर्धारण गर्न र अनुदानमा ढिलाई गर्दा उखु किसान मारमा पर्दै आएका छन् । गत बर्षदेखि सरकारले प्रति क्विन्टल ६५ रुपैयाका दरले आफैले अनुदान रकम दिने घोषणा गरेको थियो । अघिल्लो बर्षको अनुदान रकम एक बर्षपछि सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत वितरण गरिएको छ । कञ्चनपुरमा ६ हजार किसानले १२ हजार हेक्टर जमिनमा उखु उत्पादन गरेपछि दुवै उद्योगलाई पनि चिनी उत्पादनका लागि कच्चा पदार्थ भने अभाव भईरहेको छ ।

सरकारले किसानका लागि राम्रा राम्रा कार्यक्रम ल्याउनुपर्नेमा समसयमै अनुदान एव कार्यक्रम ल्याउनुको साटो उखुकिसानप्रति बेवास्ता गरेको उखु किसान अगुवा एव खबरदारी तथा पैरबी समिति बेलौरीका हरेन्द्र विष्ट बताउँछन् । उनका अनुसार उखु किसान प्रोत्साहन एव राहतका कार्यक्रम ल्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *