बैतडीकाे उदयदेव मन्दिर काे पुनर्निमाण गरिने

मेलौलि नगरपालिका वा न ४ तिताबैमा रहेको प्राचीन उदयदेव को मन्दिर पुनर्निर्माण का लागि छलफल तथा अन्तरकृया भएको छ ।
आज मिति २०७६/०५/२२ मा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रम को अध्यक्षता मन्दिर पुनर्निर्माण मुल समितिका अध्यक्ष श्री कालू चन्दले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपालकै गौरबको बहुप्रतिक्षित पन्चेशवर परियोजना का सि. ई नरेन्द्र भण्डारी , बिशिस्ट अतिथिमा मेलौलि नगरपालिका वा न ४ का वडा अध्यक्ष श्री गोरख चन्द ,बिजयपुर मा बि तिताबै का प्र अ श्री मीन सिं भण्डारी , समाजसेवी हजारि चन्द, उच्चअदालत महेन्द्रनगर ईजलास का शाखा अधिकृत श्री राजेन्द्र चन्द , नेपाल प्रहरी का पुर्व असई श्री राजेन्द्र चन्द , मन्दिर पुनर्निर्माण महेन्द्रनगर उपसमिति का सदस्य श्री बिकास भण्डारी र हाम्रो शुक्लाफाटा, राम्रो शुक्लाफाटा का अभियन्ता राजेन्द्र बहादुर चन्द लगाएत ४ न वडाका स्थानिय वडाबासि को व्यापक सहभागिता रहेको थियो।

कार्यक्रम को सन्चालन मन्दिर पुनर्निर्माण मुलसमितिका सचिव मोहन चन्द ले गर्नु भएको थियो। प्रमुख अतिथि भण्डारी को छलिया बाजागाजा सहित तिताबैका स्थानियले फुलमाला अबिर ले स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *