अजयको परिवारमा संन्नटा अजय मृत्यु प्रकरण : युवती सहित तीन जना जेल चलान

 कञ्चनपुर,

भाईटिकाकै अघिल्लो दिन कञ्चनपुरको महेन्द्रनगर बसपार्क स्थित पुष्पाञ्जली गेष्ट हाउसमा एक युवकको शंकास्पद अवस्थामा मृत्यु भयो ।

१२ कार्तिक राती होटेलको माथिल्लो तलाबाट उनी आफै खसेका हुन, वा कसैले खसाएको हो, भन्ने विषयमा अझै एकिन भएको छैन् । अजय चौधरी मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला आदालतले तीन जनालाई पुरपक्षका लागि जेल चलान गरेको छ । अघिल्लो साता जिल्ला न्यायाधीश गोपाल प्रशाद बास्तोलाको एकल इजलासले एक जनालाई तीन लाख धरौटी र युवती सहित तीन जनालाई पुरपक्षका लागि कारागार चलान गरेको हो ।

श्रस्तेदार हरिकृष्ण अवस्थीका अनुसार युवती र दुई युवकलाई जेल चलान र होटेका म्यानेजरलाई तीन लाख धरौटीमा रिहा गरिएको बताए । होटेलका म्यानेजर जगदिश जोशीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिईएको थियो । भने बिनोद खत्री र रमेश भट्ट र युवतीलाई पुरपक्षका लागि जेल चलान गरिएको हो । मृतका बाबु मान बहादुर चौधरीले ज्यान कसुरमा दिएको किटानीका आधारमा उनीहरुमाथी मुद्दा दायर गरिएको थियो । मदिरा र मोजमस्तीका लागि होटेलमा अजयलाई बोलाएर हत्या गरेको पीडित परिवारले जनाएका थिए ।

भाईटिकाकै मुखमा छोरा गुमाएपछि चौधरी परिवारमा संन्नटा छाएको छ । साथीभाईसंगै होटेलमा रमाईलो गर्न गएका भीमदत्त नगरपालिका–३ भाँसीका २२ बर्षिय अजय चौधरी माथिबाट केही बस्तु फ्याकिएजस्तै लतरङ्ग अवस्थामा भुईमा खसेर उनको मृत्यु भएको थियो । मृतक चौधरीसंगै उनका साथी एव छिमेकी बिनोद खत्री, रमेश भट्ट लगायत होटेलमा गएका थिए । बिनोद खत्रीले चौधरीको परिवारसंग अजय होटेलबाट खसेको खबर गरेका थिए ।

होटेलबाट खसेर अजय घाईते भएको खबर बिनोदले पु¥याएपछि घर परिवार उत्तिखेरै होटेलमा पुगेका थिए । तर, घर परिवारले भने संगैका साथीभाईले नै अजयलाई होटेलबाट खसालेर मारेको आशंका गरेका छन् । शोकमा डुबेको चौधरी परिवारले घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सार्दै आएका छन् । पीडित परिवारले न्याय दिलाईदिन समेत आग्रह गरेका छन् । चौधरी परिवारले अजयको भवितव्य नभई हत्या भएकोले छानबिनको माग अघि सारेका थिए । मृतक अजयका बाबु मान बहादुर चौधरीले होटेलमा ¥यालीङ्ग भएकाले आफै नखसेको दावि गर्दै कसैले खसालिदिएको वा जबरजस्ती घकेलिदिएको बताए ।

‘होटेलको माथिल्लो तलाबाट आफै खस्ने जस्तो छैन, ‘मृतका बाबुले भने, ‘मेरो छोरोलाई कसैले खसालिदिएको हो ।’ पाँच तलबाट आफै खसेको व्यक्ति जुन ठाँउमा खस्यो, त्यही ठाँउमा मर्ने नसक्ने दावि गर्दै उनले अघि नै हत्या गरेर झ्वाप्प फालिदिएको बताए । ‘आकासबाट फालिएको बस्तु जता खस्यो, त्यतै झ्याप्प बस्दैन, ‘मृतक अजयका बाबुले भने, ‘छोरालाई त कोठामा मारिदिएर फ्याकियो ।’ मुखबाट रगत आएको र कम्मरमा चोट लागेको उनले बताए । अजय चौधरीकी आमा राजमती चौधरीले सोमबार राती साढे ९ बजेतिर बिनोद खत्रीको बारम्बार फोन आएपछि छोरा के काम होला भनेर होटेलका गएको बताए ।

‘हामी संगै खाना खाईरहेका थिए, ‘उनले भनिन्, ‘बारम्बार छोराको मोबाईलमा फोन आईरहेको थियो, मैले कसको हो, भनेर सोधे छोराले साथी बिनोदको भन्यो, मैले राती कहिकतै नजानु भने, ‘छोराले भन्यो, आमा म जाँदैन, भन्यो, तर घरबाट अफिसमा सुत्छु भनेर हिडेको छोरा अब कहिल्यै फर्दिदैन् ।’ आफुहरु होटेलमा पुग्दा छोरा होटेलको भुईमा खसेको थियो,अस्पताल पु¥याएको केही समयपछि डाक्टरले स्वाँस नै चल्दैन, भनेपछि मृत्यु घोषणा गरेपछि आकासबाट खसेजस्तै भएको आमाले बताईन् । ‘भोलीपल्ट भाईटिकाको दिन थियो । घर–घरमा दाजुभाईलाई टिका थाप्नका लागि दिदिबहिनीको तयारी थियो, ‘हाम्रो घरमा पनि छोरीबेटी आएका थिए, त्यही तयारीमा थियौँ, ‘अजयकी आमाले रुँदै भनिन, ‘हामीले तिहारकै मुखमा छोरा गुमाए ।’

चौधरी परिवारका लागि भाईटिकाकै अघिल्लो दिन अजय चौधरी परिवारमा जिवनकै अत्यन्तै दुखत मात्र नभई उनको परिवारमा बज्र्रपात भयो । चौधरी दाम्पतीले लाउलाउ खाँउखाँउ उमेरको छोरा गुमाएपछि उनको परिवार शोकमा डुबेको छ । मृतक चौधरीको परिवारले होटेलका म्यानेजर जगदिश प्रशाद जोशी, बिनोद खत्री र रमेश भट्टबिरुद्ध किटानी जाहेरी दिएका छन् । मृतक परिवारका अनुसार कर्तव्य ज्यान अन्र्तरगत मुद्दा दिएका हुन् । पछिल्ला बर्षहरुमा कञ्चनपुरमा मदिराका कारण अपराध बढेपनि रोकथामका लागि कोरा भाषण, कागजी कर्तव्य पुरा बाहेक केही भएको छैन् । समाज मदिराका कारण दिन दुईगुना रात चौगुना भएजस्तै अपराधले प्रसय पाएका बेला वास्तविक रोकथामका लागि कुनै पहल भएको देखिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *