अन्तराष्ट्रिय युवा दिवस मनाइयो

कञ्चनपुर,

अन्तर्रा्ष्ट्रिय युवा दिवस सोमवार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्त १२ का दिन विश्वभर युवा दिवस मनाउने गरिएको छ ।

सोमवार कञ्चनपुरको विभिन्न ठाउँमा विभिन्न कार्यक्रमका साथ युवा दिवस मनाइएको छ । बेलडाँडीगाउँपालकामा रहेको बेलडाँडी युवा संजालको आयोजना र बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोगमा दिवस भब्यताका साथ युवा अन्तरकृया कार्यक्रम गरेर मनाएको छ । बेलडाँडी सरकार र स्थानीय युवा विच अन्तरकृया गरिएको बेलडाँडी युवा संजालका संयोजक लक्ष्मी जैशीले बताउनु भयो ।


बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने युवा संजालको अतुलनिय योगदान भएको बताउदै आगामी दिनमा बेलडाँडी गाउँपालिकालाई कसरी समृद्ध बेलडाँडी बनाउने युवाहरुको हातमा रहेको बताए ।
बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समतिका संयोजक कमला देवी कार्कीका अनुसार युवाले बेलडाँडी समृद्धि बनाउन २ घण्टा सामाजिक काममा समय दिनु पर्ने बताइन ।

बेलडाँडी गाउँपालिका वडा नं.१ का वडाध्यक्ष अम्मर बहादुर खत्रीले भने सुधार आफुबाट गरे बेलडाँडी सुधार गर्न कुनै समय नलाग्ने बताउनुका साथै यहाँका युवालाइ शिक्षा र कृषिमा समेट्न सके राम्रो हुने बताउनु भयो । शैक्षिक डकोमेन्ट बाकसमा थन्काएर नहुने र आफुले टिउसन पढाएर पनि जीबिका पार्जन गर्न सक्ने धारण राखे ।

बेलडाँडी गाउँपालिकाका वडा २ का वडाध्यक्ष प्रेमराज खातीले भने युवाहरु आफुहरुलाई सहयोग गर्नु भनेर मात्र आउने तर युवाले स्थानीय सरकार लाई सहयोग गर्नुपर्ने धारणा ब्यक्त गर्नु भयो । युवा देशको मुख्य खम्बा भएको बताउदै खम्वा जोगाउनमा सबैले लाग्नु पर्ने बताए ।

बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दान बहादुर रोकायाले भने युवाले कुलतमा फस्नु नहुने बताउदै समाजका विभिन्न कुरुतीहरुलाई अन्त्य गर्नमा सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।

वडा नं.३ का महिला सदस्य तारा गिरीका अनुसार युवाहरु बेलडाँडीमा धेरै भएको तर उपस्थिति कम भएको बताउदै सबै युवाले पाटी भनेर होइन विकास र राम्रा काममा एक जुट भएर आगाढी बढ्नु पर्नेमा जोड दिए ।
वडा नं.१ का वडा सदस्य शंकर भट्टले भने पुरानो समितिलाई पुर्नगठन गरेर आगाडी बढ्नु पर्ने बताउदै यस समितिले सकारात्मक कार्यका साथ निति बनाएर अगाढी बढ्नु पर्नेमा जोड दिए ।

बेलडाँडी गाउँपालिका अध्यक्षका स्वकीय सचिव कृष्ण कुमार रोकायाले भने यो काम अति राम्रो भएको युवाका कुरा यो सरकारले सुनेको र आगामी दिनमा पनि युवा र सरकार विच तालमेल गरेर अगाढी बढ्ने जनाउनु भयो ।

बेलडाँडीका युवाहरुले भने सरकार संग हातेमालो गरेर विकास निर्माण देखि लिएर विभिन्न कार्यमा हातेमालो गरे अगाढी बढ्नु पर्नेमा जोड दिएका थिए । हामीहरु पछिल्लो समयमा क्रियाशिल हुन नसकेको बताउदै आगामी दिनमा सकृय भएर समाज रुपान्त्रणमा लाग्ने जनाए ।


बेदकोट नगरपालिकामा रहेको नमुना युवा सदनले पनि विभिन्न काम गरी युवा दिवस मनाएको छ । विकासमा युवाको सहभागिता विषय अन्तरसम्वाद, प्रभात फेरी, बृक्षारोपण, रत्तदान, दिप प्रज्वलन, लगायतका काम गरेको जनाइएको छ ।
नमुना युवा सदन भिमदत्तले पनि विहान प्रभात फेरीका साथ बृक्षारोपण, रक्तदान र साझ दिपप्रज्वलन गर्न लागेको जनाइएको छ । यस्तै कञ्चनपुर भरीका सबै स्थानीय तहमा विभिन्न कार्यक्रम गरेर युवा दिवस मनाइएको छ ।

संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्रा्ष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो । युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गराउन यो दिवस मनाउने गरिएको छ ।
दिवसले अन्तर्रा्ष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने उपाय तथा हुनसक्ने परिवर्तनको विकल्पलाई देखाउँछ । विभिन्न देशमा त्यहाँको परिवेश अनुसार युवा उमेरको हद तोकिएको छ ।

उमेरको परिधि जति भए पनि युवा उमेर भनेको जोश, जाँगर र समाज तथा राष्ट्रका लागि केही योगदान दिन सक्ने सयम हो । दिवसको अवसरमा यो वर्षको नारा, शिक्षामा रुपान्त्रण उद्यमशिलता र नवप्रवतन’ भन्ने तयार गरिएको छ ।

नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो । यसलाई अर्थशास्त्रीले जनसाङ्ख्यिक लाभका रूपमा हेर्ने गर्छन् । धेरै मुलुकमा युवा जनसङ्ख्या बढी भएको समयमा विकासमा फड्को मारेका उदाहरण छन् । तर नेपाललले युवा जनशक्तिलाई सदुपयोग गर्न नसक्दा झण्डै ४० लाख युवा विदेशमा श्रम बेच्न बाध्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *