बेलडाँडी फुटवलको उपाधी त्रिशुलीलाई, त्रिशुलीले रच्यो नयाँ इतिहास

कञ्चनपुर,

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा युएसबी युवा क्लबले आयोजना गरेको स्थानीय फुटवल प्रतियोगिताकोमा त्रिशुली युवा क्लबले इतिहास रच्न सफल भएको छ ।
स्थानीय खेलाडीलाई प्रमोड हुने गरि यसै १२ गते देखि संचालन भएको खेलमा त्रिशुलीले एमबीसन युवा क्लब बैवाहलाई ०का विरुद्ध २ गोलले पाखा लगाउदै उपाधी चुम्न सफल भएको छ ।
आज एक समापन कार्यक्रमका विच बिजेता टिम र उपबिजेता टिम दुबैलाई तोकिए अनुसारको पुरस्कार दिइएको आयोजकले जनाएको छ । यस प्रतियोगितमा २० स्थानीय टिमको सहभागिता रहेको थियो भने खेल सबै नकाउट सिस्टम बाट खेलाइका थिए ।

धनबहादुर थापा क्षेत्री ज्युको प्रमुख आतिथ्यमा क्लबका अध्यक्ष बेदप्रकाश ओझा सभापती, कमला कार्की विशिष्ट अतिथि, प्रेम राज खाती, क्याम्पस प्रमुख, अगुवा महिला शान्ती नाथ लगायतका अतिथि रहेका थिए भने कार्यक्रमको संचालन खेल संयोजक सचिन कठायतले गरेका थिए । सहभागिहरुले भने यो कार्यक्रम राम्रो भएको अझै स्थानीय खेलाडीको विकास हुने गरी कार्यक्रम ल्याउने पर्ने सहभागिहरुको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *