बाँगफाँटामा शुभकामना कार्यक्रम

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाँगफाँटामा शुभकामना आदान प्रदान गरिएको छ ।

रानाथारु चौधरी समाजको आयोजनामा शनिबार दशौँ, तिहार एव छठको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । स्थानीय एव थारु अगुवा युवा पुरन चौधरीले थारु समुदायले परापुर्वकालदेखि मनाउदै आएको दशौँ, तिहारको परम्परा संस्कृति संरक्षणका लागि कार्यक्तममा गरिएको बताए ।

कार्यक्रममा राथा,चौधरी समुदायको लोक परम्परा झल्किने नृत्य प्रस्तुत गरिएका थिए । थारु समुदायका अगुवाले सिङ्गो थारु समुदायको लोक संस्कृति संरक्षणमा जोडदिएका थिए । थारु अगुवा खेम चौधरीको सभापतित्वमा भएको कार्यक्तममा नेकपा कञ्चनपुरका सह–इन्चार्ज एव पुर्व संसद देविलाल चौधरीको प्रमुख आथित्य एव नेकपा नेता एव पुर्व संसद कृपाराम रानाको बिशिष्ठ आथित्यमा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *