घरमा मामा नभएको मौकाछोपी मदिरा सेवन गरेर राती माईजु भेट्न गएका महाकाली नगर तरुण दलका सभापतिमाथी कुटपिट

कञ्चनपुर,

बलात्कार गर्न आएको आरोपमा कुटिएका दरुण दलका सभापति रानालाई प्रहरीले एकरात हिरासतमा राखेर मिलापत्र गराएर छाड्यो

कञ्चनपुरको महाकाली नगरपालिका नेपाली काँग्रेस निकट नेपाल दरुण दलका सभापति डम्बर राना(मगर)माथी कुटपिट भएको छ । सभापति राना गयराती मदिरा सेवन गरेर गाउँमै माईजु नातापर्ने कहाँ गएपछि उनीमाथी कुटपिट भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज एव प्रहरी निरीक्षक चेतराम पनेरुले मामा घर नभएको मौकामा मदिरा सेवन गरेर राती माईजु भेट्न गएका काँग्रेस निकट नेपाल दरुण दल महाकाली नगरपालिका सभापति डम्बर राना(मगर)लाई आफन्तले कुटपिट गरेको बताए । उनका अनुसार महिलाका आफन्त एव छरछिमेकले श्रीमान नभएका मौकामा बलात्कार गर्न आएको आरोपमा तरुण दल महाकाली नगरका सभापति रानामाथी कुटपिट गरेका थिए ।

महिलामाथी बलात्कार गर्न आएको शंकामा सभापति राना कुटिएका थिए, उनीसंगै महिलालाई समेत हातपात गरिएको प्रहरीले जनाएको छ । महिलाका आफन्तले प्रहरीलाई खबर गरेपनि प्रहरीले महिला सहित दरुण दलका सभापति रानालाई नियन्त्रणमा लिएका थिए । मदिरा सेवन गरेका रानालाई एक रात हिरासतमा राखेपछि प्रहरीले घरपरिवारलाई बुझाएको छ । तर, महिलालाई भने रातीनै परिवारको जिम्मा लगाएर छाडिएको थियो ।

ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी इन्चार्ज एव निरीक्षक चेतराम पनेरुले महिलाका श्रीमान घर नभएको मौका दरुण दलका सभापति रानाले मदिरा सेवन गरेर त्यहाँ गएकाले घरपरिवार छिमेकीले देखेपछि कुटपिट गरेको बताए । ‘मदिरा सेवन गरेर दरुण दलका सभापति मध्यरातमा एक्लै महिला भएको घरमा गएका रहेछन्, ‘प्रहरी निरीक्षक पनेरुले भने, ‘आफन्तले ति पुरुषलाई देखेपछि कुटपिट गरेका हुन् ।’ कुटपिटबाट रानाको नाकमुखमा समान्य चोट लागेको प्रहरी निरीक्षक पनेरुले बताए ।

बिहीबार दुवै पक्षलाई राखेर छलफल गर्दा पीडित भनिएकी महिलाले आफुमाथी कुनै अभद्र तथा यौनदुराचार व्यवहार नभएको बयान दिएपछि प्रहरीले आरोपित तरुण दलका सभापतिलाई आफन्तको जिम्मा लगाएको घटनाको टुङ्गो लगाएको छ । प्रहरी निरीक्षक पनेरुका अनुसार तरुण दलका सभापति रानाले माफि मागे, अब उपरान्त मदिरा सेवन गरेर कहिल्यै माईजुको घर नजाने प्रतिबद्धता जाहेर गरेपछि घटना साम्य पारिएको उनीहरुले हो ।

तर, केही स्थानीय एव महिला अधिकारकर्मीले प्रहरीले रकम लिएर पीडित महिलालाई दवाव दिएर जबरजस्तीकरणीको घटना मिलापत्र गराएको आरोप लगाएका छन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग अघि सारेका छन् । तर, प्रहरीले भने उक्त घटना जबरजस्तीकरण र बलात्कार नभएको दावि गर्दै मित्था आरोप भएको जनाएको छ । पहिल्यैदेखि माईजु नातापर्नेका घरमा दरुण दलका अध्यक्ष राना गईरहन्थे, तर हिजो अचानक महिलाका श्रीमान घर नभएकोले आफन्तले आशंका गरेर नेतामाथी बिनाकारण कुटपिट गरेको बताएका छन् ।

यसरी आफन्तको घर जाँदैनमा अरुले शंका गरेर कसैमाथी कुटपिट गरिहाल्नुपर्ने शंकै गरिहाल्नुपर्ने अवस्थाबाट तरुण दलका महाकाली नगर सभापति कुटपिट प्रकरण दुखत भएको समेत केही स्थानीय एव अधिकारकर्मीकै दुखेसो छ । पछिल्ला दिनहरुमा बलात्कारका घटना रोकिएको कञ्चनपुरमा पुन शुरु हुनथालेपछि स्थानीय त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *