सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका खेलाडी प्रधानमन्त्री कप खेल्न काठमाडौ प्रस्थान

कञ्चनपुर,

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका खेलाडीहरु प्रधानमन्त्री कप अन्तरविद्यालय खेलकुद प्रतियोगितामा भागलिने खेलाडी प्रशिक्षकहरू लाई एक कार्यक्रमका साथ बिदाई गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद”राखेप” को आयोजनामा प्रधानमन्त्री कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता असारमा हुने भनियता पनि कुनै समस्या कारणवस मिति तय भएको हुँदा पनि स्तगित हुन पुगेको प्रतियोगिता यहि असोज ९ देखि ११ गते सम्म काठमाडौ संचालन हुने भएको छ।

आयोजना गरिन लागेका प्रत्येक विधामा भाग लिनको लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो मातहतमा रहेका सम्पुर्ण आंकिक क्याम्पस बाट आएका खेलाडी र केन्द्रिय क्याम्पसका खेलाडी बिच प्रतिस्पर्धा गराई खेलाडी छनोट गरिएको विद्यार्थी कल्याण तथा हित शाखाका प्रमुख हरिश शामन्तले बताउनु भएको छन।

सुदूरपश्चिम विश्वविद्यालयबाट फुटबल , भलिबल महिला /पुरुष , बास्केटबल पुरुष , टेबलटेनिस, ब्याडमिन्टन चेस्,दैड महिला /पुरुष गरि ७३ जना प्रतिस्पर्धाका लागि र प्रशिक्षक प्र विश्वविद्यालयका भिसी द्धारा शुभकामना साथै बिधाई गरिएको हो।

विभिन्न विश्वविद्यालय भित्र रहेका विद्यार्थीहरुको प्रतिभालाई ऊजागर गरि राष्ट्रिय ,अन्तरास्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय खेलकुद परिषद (राखेप )ले प्रधानमन्त्री कप खेलकुदको आयोजना गरिन लागेको हो राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका अध्यक्ष अनिल रिजालले बताउनु भएको छ। साथै बिभिन्न विश्वविद्यालयबाट गरि ६१२ जना खेलाडि हरूको सहभागीता हुने राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका सचीव प्रकाश बहादुर शाहीले जानकारी गराएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *