बेदकोट नपा ५ को सार्वजनिक सुनुवाई तथा शुभकामना आदान प्रदान

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाई तथा शुभकामना आदान प्रदान गरिएको छ ।

शुक्रबार वडाले सार्वजनिक सुनवाई तथा दशौँ, तिहार एव छठको शुभकामना आदान प्रदान गरेको हो । बेदकोट नगरपालिका ५का वडाध्यक्ष गणेश विक(कुसल)ले गत आर्थिक बर्ष २०७५/०७६का योजना र चालु आर्थिक बर्ष २०७६/०७७का योजना बारे समिक्षा गरिएको बताए ।

अध्यक्ष विकका अनुसार भौतिक विकासबारे योजना अघि सारिएका छन् । वडाको एकिकृत एव दिगो विकासका लागि योजना अघि सारिएको अध्यक्ष विकले बताए । कार्यक्रममा जनप्रतिनिधी, संसद, नेता एव सरोकारवालाले बेदकोट नगरपालिका ५ को विकासका लागि सहयोगको बचन दिएका छन् ।

प्रमुख अतिथि समेत रहेका प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले वडाको विकासका लागि आवश्यक योजना दिईने आवश्वासन दिए । बिशिष्ठ अथिति रहेका प्रतिनिधी सभा सदस्य बिना बुढाथोकी, प्रदेश सभा सदस्य लाल बहादुर खडका, पुर्व सासंद एव नेकपा नेता टेकेन्द्र प्रशाद भट्ट, पुर्व संसद दुर्गा खुना, घना पहरी लगायतका नेताहरुले वडाको विकासमा जोडदिएको अध्यक्ष विकले बताए ।

अध्यक्ष विकले कार्यक्रममा दुई अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरेको समेत बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, संसद, जनप्रतिनिधी लगायत वडाका स्थानीयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *