नेता जि सुभाष ट्रफी -२०१९ को च्याम्पियन पोलिभित “न्युरिया”

बुधबार भारतको रुद्रपुर स्थित शक्तिफार्म आयोजना भएको नेता जि सुभाष ट्रफी – २०१९ को च्याम्पियन पोलिभित न्युरिया बनेको छ।

बुधबार शक्तिफार्म को खेलमैदानमा भएको फाइनल खेलमा टनकपुर लाई न्युरियाले १-० गोल पराजित गर्दै आफ्नो फाइनलको उपाधी हात पारेको छ। यो संगै फाइनल खेलमा च्याम्पियन ट्रफी र प्रत्येक खेलाडी लाई ट्रफी र नगद १० हजार हात परेको छ। प्रतियोगिता भरिका म्यान अफ द सिरिज न्युरिया टिमका डिफेन्डर नेपाली खेलाडी सुनिल धामिले हात पारेका छन।

उक्त भारतिय च्याम्पियन टिमका गोल रक्षक ,डिफेन्स ,मिड फिल्डर र स्टाइकर अधिकांश खेलाडी महेन्द्रनगर र दोधारा बाबा थानका रहेका थिए। यो संगै एउटा मित्रता कायम राख्ने उद्देश्यले भारतीय टिममा नेपाली खेलाडीको अधिक उपस्तिथि रहदै आएको छ।

नेपाली भुमिमा प्रतियोगिता सिमित अवधिमा हुने भएकाले खेलाडी आफ्नो खेल प्रदर्शन गर्नको लागि भारती भुमिमा आयोजना गरिएका अधिकांश खेलहरु मा नेपाली खेलाडी आकर्षक संगै उत्साहित रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *