सत्ताधारी नेकपा निकट विद्यार्थी संगठनको पुषभित्रै एकता प्रकृया टुङगिने भएको छ ।

बिहीबार अनेरास्ववियु कञ्चनपुरको आयोजना गरेको स्वागत एव सम्मान कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सह–संयोजक रञ्जित तामाङ्गले संगठनको आउँदो पुषभित्रै एकता प्रकृया टुङ्गिने बताए । सह–संयोजक तामाङ्गलाई विद्यार्थी नेता कार्यकर्ताले स्वागत गरेका थिए । सह–संयोजक तामाङ्गले निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न समेत आग्रह गरे ।

आफुले निर्मलाको हत्यारा सार्वजनिक गरे, आईजिपीलाई फुलमाला लगाउने पुर्व घोषित घोषणा अनुरुप माला लगाउन आतुर भएको प्रसंङ जोडे । उनले निर्मलाका हत्यारा नजिक प्रहरी पुगेकाले यथाघिश्र वास्तविक हत्यारालाई सार्वजनिक गर्न समेत माग गरे । सह–संयोजक तामाङ्गले एकता टुङ्गोसंगै शैक्षिक विकृति बिरुद्ध संघर्ष गरिने बताए ।

उनले विद्यार्थी संगठनले अहिले पनि राष्ट्रियता, जनजिविका एव विद्यार्थीका हितमा काम गर्न समेत आब्हान गरेका छन् । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय नेताहरु सुनिता बराल, सुरेन्द्र बस्नेत, तिलक भण्डारी, भीम भट्ट, सिके भट्ट लगायतले सांगठानिक विषयमा बोलेका थिए । अनेरास्ववियु कञ्चनपुरका नेता बिरेन्द्रराज विष्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अनेरास्ववियुका नेता कमल रोकायाले गरेको कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

के तपाईंलाई थाहा छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.