बेलडाँडीको सिमसार जमिन व्यवस्थापनका लागि चार करोड

कञ्चनपुर-कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडीको सिमसार जमिन व्यवस्थापनका लागि चार करोड बजेट विनियोजन गरिएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आगामी आर्थिक बर्षका लागि बेलडाँडी सिमसार जमिनको डिपिआर र मर्मतका लागि चार करोड रकम विनियोजन गरेको हो । सिँचाईमन्त्री बर्षमान पुन(अनन्त)का प्रेस संयोजक रोशन खडकाले बषौँदेखि उर्बराभूमी सिमसारमा परिणत हुँदा किसानले खेतीगर्न नपाएकाले सो जमिनको खेतीयोग्य बनाउनका लागि बजेट विनियोजन गरिएको बताए ।

प्रेस संयोजक खडकाले मन्त्रालय चार करोडसंगै महाकाली सिँचाई द्वितिय चरणका परियोजना समेत संचालनका लागि दुई करोड बजेट विनियोजन गरेको बताए । उनका अनुसार स्थानीयले मन्त्री पुनसंग राखेको मागका आधारमा बेलडाँडीको सिमसार जमिन र सिँचाई परियोजना संचालनका लागि रकम विनियोजन गरेको बताए ।

प्रेस संयोजक खडकाका अनुसार नयाँ आर्थिक बर्षको शुरुवाती चरणमै बजेट निकासा गरेर काम अघि बढाईने छ । महाकाली सिँचाईको सिपेज र चौधर, झर्नाखोलाको वाढिका कारण बेलडाँडी गाउँपालिका क्षेत्रको जमिन दलदलमा परिणत भएपछि किसानले नियमित खेती गर्न सकेका थिएनन् ।

उर्बराभूमी दलदलमा परिणत भएपछि स्थानीय किसान विस्थापित हुन लागेकै बेला सिँचाई मन्त्रालयले सिमसार व्यवस्थापनका लागि नीतिगत रुपमै बजेट विनियोजन गरेपछि दलदल जमिन खेतीयोग्य हुने आशा गरेका छन् । स्थानीयले समेत विनियोजित बजेट यथाघिश्र निकासा गरि कार्यान्वयनमा जोडदिएका छन् ।

सिमसारका कारण बेलडाँडीका पाँचै वडाको हजारौँ विगाह खेतीयोग्य जमिन बेकामे भएको छ । दलदल जमिन व्यवस्थापन भएपछि कृषिमा सुधार भईसंगै आर्थिक सम्बृद्धि तर्फ किसान उन्मुख हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *