वक्तृत्वकलामा सिद्धनाथ मावि जिमुवा छात्रा प्रथम

महेन्द्रनगर,

कञ्चनपुरमा सम्पन्न भएको एक वक्तृत्व कला प्रतियोगितामा सिद्धनाथ मावि जिमुवाका छात्र कृष्ण सिह बुढा प्रथम भएका छन् । राष्ट्रिय युवा परिषद् र भीमदत्त नगरपालिकाको आयोजना गरेको ‘शिक्षाको रुपान्तरणमा युवाहरुको भूमिका विषयक’ जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा सिद्धनाथ माविका छात्र बुढा प्रथम भएका हुन् ।

सिद्धनाथ माविका शिक्षक उत्तम विष्टले उत्कृष्ठ भएका विद्यार्थी बुढा कक्षा १२मा अध्ययनरत भएको बताए । द्वितिय तर्फ सुप विश्वविद्यालयका देवराज जोशी र तृतियमा निङलाशैनीकी पुजा नेगी भएकी छिन् । भने सान्त्वना तर्फ सुप विश्वविद्यालयकै ईश्वरी सिह धामी भएका छन् ।

प्रथमलाई नगद ७ हजार रुपैया, द्वितियलाई छ हजार र तृतियलाई ३ हजार र सान्त्वनालाई एक हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । युवाको शैक्षिक गुणस्तरिय बृद्धि विकासका लागि उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।

भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द(सिह) प्रमुख आथित्यमा भएको कार्यक्रममा निर्णायक सुप विश्वविद्यालयल केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र सिह विष्ट, शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख निमित्त प्रमुख राजेन्द्र प्रशाद भट्ट, भीमदत्त नगर शिक्षा शाखा प्रमुख हरिदत्त जोशी रहेका थिए ।

युवा परिष्द केन्द्रीय सदस्य अनिता ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रको संचालन शिक्षक पुष्पमणी जोशीले संचालन गरेका थिए । प्रतियोगितामा विभिन्न विद्यालय, क्याम्पस, विश्वविद्यालय विद्यालय सहित जिल्लाभरीका १७ जना युवाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *