बेलडाँडीमा बृहत सांस्कृतिक मेला लाग्ने

बेलडाँडी,

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा बृहत सांस्कृतिक मेला लाग्ने भएको छ ।

आऔं सबै मिलि गाउँ बनाउ भन्ने मुल नाराका साथ समुदायमा घटिरहेका अपराधिक घटनालाई न्युनिकरण गर्ने उदेश्यका साथ भ्रमण बर्ष २०२० लाई पनि सफल पार्नका लागि बेलडाँडीको सर्वागिक विकासमा जोड दिइने मेला आयोजक समितिका संयोजक गजेन्द्र थापाले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

बेलडाँडी गाउँपालिकाको सहयोग र होप नेपालको आयोजनामा यहि माघ ११ गते सनिवारका दिन चवन्नी बजारको खुल्ला मञ्चमा बृहत एक दिवसीय मेला लाग्ने भएको हो । होप नेपालले यो पछिल्लो समयमा मानव सेवामा बिशेष सहयोग गर्दै आएको छ ।

समुदायमा बिभिन्न जनचेतनाको कमिले विभिन्न घटना घटेको हुदा त्यलाई मनोरञ्जनका साथै समुदायमा सकारात्मक सोचको विकास गराउनेमा आयेजकको जोड रहने थपाले बताए । समुदायको हित हुने कामामा थापाले अरु सबै संघ संस्थालाई हातेमालोको लागि अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *