सञ्जिवान वेस्ट-११ महेन्द्रनगर फाइनल यात्रामा

बिकाश सिंह महता /महेन्द्रनगर

कञ्चनपुरको दक्षिणी क्षेत्र पुबनर्वासमा मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगितामा सञ्जिवान वेस्ट-११ महेन्द्रनगरले फाइनलको यात्रा तय गरेको छ।

आइतबार भएको सञ्जिवान वेस्ट -११ महेन्द्रनगर भेट्रान र शान्ती भेट्रान अंशुबर्मा वस्ती बिच भएको सेमिफाइनल खेलमा सञ्जिवान वेस्ट -११ महेन्द्रनगरले ४-१ गोलको अन्तरले शान्ती भेट्रान लाई हराउँदै फाइनल पुग्न सफल भएको छ।

उक्त टिमको जितका लागि वकिल सिंह १ गोल र हर्क थापाले ३ गोल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन संगै टिम लाई उपाधी रक्षाका लागि फाइनल पुग्न सफल भएका छन् ।

“सबैका लागि र स्वस्थ्यका लागि खेल” भन्ने मुलनाराका साथ
अरनिको खेलकुद विकास समिति अरनिको भेट्रान क्लबको आयोजनामा महान चाड क्रिसमसको शुभ अवसरमा मैत्रीपुर्ण खुल्ला भेट्रान फुटबल प्रतियोगिता – २०७६ को आयोजना गरिएको थियो।

पुनर्वास नगरपालिकामा सञ्चालित मैत्रीपुर्ण खुल्ला भेट्रान फुटबल खेलमा कञ्चनपुर र कैलालीका १२ पुरुष भेट्रान टिमको सहभागीता रहेको छ।

पुनर्वास नगरपालिका २ स्थित अरनिको आधारभूत बिद्यालय को आफ्नै घरेलु मैदानमा सञ्चालित मैत्रीपुर्ण खुल्ला भेट्रान फुटबल प्रतियोगिता नकआउट प्रणालीबाट खेलाईएको उक्त प्रतियोगिता यहि पुष १५ गते फाइनल हुने आयोजक स्रोतले बताएका छन। उनका अनुसार फाइनलमा अरनिको भेट्रान क्लब “ए” र सञ्जिवान वेस्ट -११ महेन्द्रनगर उपाधी रक्षाका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको बिजेता टिमले नगद रु. ७५ हजार र उपविजेता टिमले नगद रु. ४० हजार हात पार्ने आयोजक टिमका उपाध्यक्ष डम्मर तामाङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *