समुदाय प्रहरी साझेदारी बेलडाँडीमा उपसमितिहरु गठन

कञ्चनपुर,

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज ५ वटा उपसमिति गठन भएका छन् ।

समुदाय प्रहरी साझेदारी गाउँपालिका स्तरीय समिति मातहतमा रहेर आज विभिन्न विषयगत उपसमिति गठन गरेको बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख दान बहादुर रोकायाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार मुख्यतः प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना सङ्कलन र आदानप्रदान गर्नेछ । त्यस्तै यसले प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा यि समितिले काम गर्ने जनाउनु भयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज गठन भएका उपसमितिमा सडक टहरा व्यवस्थापन सुरक्षा समितिको संयोजक इश्वरी भट्ट, महिला तथा बालबालिका समिति संयोजक मानमती पन्त, लागुऔषध तथा मदिरा नियन्त्रण समिति संयोजक रविन्द्र सिह, सुचना तथा प्रविधि संचार समिति संयोजक लक्ष्मी जैशी र स्वास्थ्य तथा सरसफाइ समिति संयोजक देवकी पाल लगायत सर्वसहमतीले चयन भइ समिति गठन भएका छन् ।

आज बसेको मुल समितिले विभिन्न विषयमा जनहित निर्णय समेत गरेको छ ।
योजना निर्माण गरी कार्यान्वय गर्ने, यसै ३२ गते वडा नं.५ मा जनचेतमुलक र्याली निकाल्ने निर्णय गरेको छ ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले सर्वहमतीले कमिटि गठन भएर आउनु भयएका संम्पुर्णमा शुभकामना दिदै समाजलाई सकारात्मक दिशातिर लैजान सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने धारण व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *