संविधान दिवस : कञ्चनपुरमा प्रभातफेरी, गाउँ गाउँमा

संविधान दिवसको अवसरमा कञ्चनपुरमा बिहानै प्रभातफेरी निकालिएको छ । जिल्ला सदरमुकाम भीमदत्त नगर सहित बेलडाँडी, बेलौरी, पुर्नवास,लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र महाकाली नगर तथा गाउँपालिका क्षेत्रमा छुट्टाछुट्टै रुपमा प्रभातफेरी निकालिएको हो ।

सत्ताधारी नेकपा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहितका विभिन्न राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी एव बुद्धिजिवी सर्वसाधारणले प्रभातफेरी निकालेका हुन् ।
संविधान दिवस मुल समारोहमा अध्यक्ष एव जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले भव्य रुपमा संविधान दिवस २०७६ मनाईएको बताए !

उनका अनुसार शुक्रबार बिहान सदरमुकाम सहितका विभिन्न ९ वटै स्थानीय तहमा प्रभातफेरी निकालिएको हो । सबै स्थानीय तहले विभिन्न कार्यक्रम गरि दिवस मनाउन थालेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान– २०७२ घोषणा भएको आज ठिक चार बर्षपुगेको छ । मुलुक १०४ बर्षे जहाँनिया राणाशासनको अन्त्य हुँदै २००४ मा नेपाल सरकारको वैधानिक कानुन भनेर पहिलो संविधान लेखियो ।
२००७ सालमा प्रजातन्त्र आएसंगै ०७ मा पनि नेपालको अन्तरिम शासन विधान आयो । प्रजातन्त्र शुरु भएपछि पञ्चायतले ०१५ मा नेपाल अधिराज्यको संविधान बनाए ।

०१५ को संसदीय निर्वाचन पछि पहिलो पटक ०१६ मा जनताबाट प्रत्यक्ष निर्वाचित भएर प्रधानमन्त्री बनेका विपी कोईराला शासन पछि ०१९ मा नेपाल अधिराज्यको संविधान निर्माण भयो । पञ्चायत अन्त्यसंगै बहुदलिय व्यवस्था आएपछि ०४६ मा नेपाल अधिराज्यको संविधान आयो ।

परिर्वतनका लागि ०५१ देखि जनयुद्ध थालेको तत्तकालिन नेकपा माओवादी सहितका राजनीतिक दलको अगुवाईमा ०६२÷०६३ मा भएको जनआन्दोलन पछि तत्तकालिन माओवादी सहितका सात राजनीतिक दलका प्रतिनिधी सम्मिलित विद्यायकले ०६३ मा नेपालको अन्तरिक संविधान ०६३ बनाए । संविधान सभा मार्फतै संविधान बनाउनुपर्छ भन्ने प्रतिज्ञा सहित संविधान निर्माणकै लागि ०६४मा पहिलो संविधान सभाको निर्वाचन भयो, त्यसबाट समेत संविधान बन्न नसकेपछि ०७० मा दोस्रो संविधान सभा निर्वाचन भयो । त्यसले दुई बर्षमै नेपालको संविधान ०७२ जारी ग¥यो ।
संसद सभामा तत्तकालिन राष्ट्रपति डा. रामबरण यादवले ३ असोजमा संविधान जारी भएको घोषणा गरे । त्यही घोषणादेखि नेपालमा संविधान दिवस मनाईन्छ ।

झण्डै सात दशक अर्तात ६८ बर्ष नेपालमा संविधानै बनाउन लागेको देखिन्छ । एक संविधान बन्दै, फेरिदै, अर्को बन्दै गर्दासम्म सात संविधान बने । तर, पनि संविधान पुर्ण कार्यान्वयन हुन सकेको छैन् । संविधानमा उल्लेख भएका बुँदा कार्यान्वयनमा चुनौती देखिन्छ ।
३ असोज संविधान दिवस उल्लासपुर्ण तरिकाबाट मनाईन्छ । विषेश गरेर सत्ताधारी राजनीतिक दल सहितका संविधान पक्षधरले संविधानलाई एक उत्सवकै रुपमा बनाउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *