सामुदायिक प्रहरी साझेदारी अन्तरगत बेलडाँडी सफाई, गाजाका बुटा नष्ट

 

बेलडाँडी इलाका प्रहरी कार्यालय अन्तरगत सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज बेलडाँडी बजार देखि चवन्नी बजार सम्म सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी, सो कार्यक्रम अन्तरगतका ५ वटा उपसमिति, कञ्चनप सामुदायिक विकास केन्द्र, अलस्टार युवा क्लव, आमासमुह, महिला समुह, ब्यापारी, कर्मचारी, जनप्रतिनिधी लगाएतको टोलीले बेलडाँडीलाई सफा बेलडाँडी बनाउने भन्दै सरसफाई कार्यक्रमका साथै गाजाबा बोटा नष्ट गर्ने कार्य गरेको बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार आज विहान ७ बजे देखि बेलडाँडी बजार हुदै चवन्नी वजार सरसफाइ गर्नुका साथै बाटो किनार उर्मेका चरेसका बुटा समेत नष्ट गरेको बताए । हामीले शुरुवात गरेको मात्र यो सिस्टम हुनुपर्नेमा वहाँको जोड रहेको थियो । बेलडाँडीलाई सुन्दर बेलडाँडी बनाउनु पर्ने भन्दै स्थानीयको उल्लेख्य सहभागि रहेको थियो ।

यस्ता जनहितका कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा थुप्रै रहेको बताउदै अझ यस पछि क्रमिक रुपले यस्ता कार्यक्रम गर्न बताउनु भयो ।
हिजो मात्र बेलडाँडी इलाका प्रहरी कार्यालयले जथाभावी जुवा तास हुन थालेको र सो नियन्त्रण गर्न स्वयमलाई जिम्मा दिएको बताउदै सुचना समेत निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *