शैक्षिक गुणस्तर बृद्धिका लागि ‘चार विषय क्षेत्र’ अघि बढाउन सरोकारवाला एकमत

कञ्चनपुरको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि ‘चार विषय क्षेत्र’ अघि बढाउन सरोकारवाला निकाय एकमत भएका छन् ।

बुधबार समाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय दिपायल डोटीले महेन्द्रनगरमा आयोजना गरेको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवालाविच अन्र्तरक्रिया कार्यक्रममा सरोकारवाला एकमत भएका हुन् ।

आधारभूत बाल विकास केन्द्र, आधारभूत तह, माध्यामिक तह र प्राविधिक धारका विषयलाई गुणस्तरि ढङगबाट अघि बढाउने शैक्षिक क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । शिक्षा विकास निर्देशनालय दिपायल डोटीका निर्देशक दुर्गादत्त विष्टले कञ्चनपुरको समग्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबृद्धिका लागि चार विषय अघि बढाउन सरोकारवालाले प्रतिबद्धता जाहेर गरेको बताए ।

निर्देशक विष्टले जिल्लाको गुणस्तरिय शिक्षाका लागि सरोकारवालाको भूमिका, उनीहरुले के के गर्न सक्छन, कसरी कहिले भन्ने सन्दर्भमा संयुक्त छलफल गराईएको बताए । ‘मन्त्रालय र निर्देशनालयले चारै शिक्षाका विषमा सरोकारवालालाई छलफल गराए, ‘निर्देशक विष्टले भने, ‘शैक्षिक गुणस्तर बृद्धिका लागि चारै विषयमा घनिघुत छलफल गराईयो ।’ निर्देशक विष्टका अनुसार पृष्टभूमी, कुन कुन के के विषय, शिक्षण प्रकृया, शिक्षण शिकाई कृयाकलाप र कस्तो उत्पादनका विषयमा चित्रण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्षेत्रीय तालिम केन्द्र दिपालयका प्रमुख चेतराज पन्तले शैक्षिक गुणस्तरबृद्धिका लागि सरोकारवालाको भूमिका अपरिहार्य भएकाले व्यवहारिक कार्यान्वयन गर्न सुुझाव दिए । शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समितिका प्रअ, अध्यक्ष, स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

निर्देशनालयले कैलालीका सरोकारवालासंग समेत छलफल गर्ने छ । समाजिक विकास मन्त्रालय अन्र्तरगतको निर्देशनालयले समग्र सुप प्रदेशकै शैक्षिक गुणस्तर बृद्धिका लागि सरोकारवालासंग छलफल गरेर योजना अघि बढाईने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *