भीमदत्त र बेदकोटमा सरसफाई अभियान

 कञ्चनपुर,

कञ्चनपुरको भीमदत्त र बेदकोट नगरपालिकामा सरसफाई अभियान थालिएको छ ।

काष्ठमाण्डपका सरसफाई अभियन्ता केपी खनालको उपस्थितिमा दुवै नगरपालिकाले आ–आफ्नो नगर क्षेत्रका सरसफाई गरेका छन् । भीमदत्त नगरपालिकाले ऐतिहासिक ब्रम्हदेब क्षेत्र, झोलुङ्गे पुल, महेन्द्रनगर मुख्य बजार सहित भम्केनी धाम क्षेत्रका सरसफाई गरेको छ ।

भने, बेदकोट नगरपालिकाले पर्यटकिय गन्तव्य लिङ्गा क्षेत्रमा सरसफाई गरेको छ । भीमदत्त र बेदकोटको ऐतिहासिक, धार्मिक, पर्यटकिय एव बजार क्षेत्रमा सरसफाई गरिएका छन् । नेपाल पर्यटन भ्रमण बर्ष २०२० सफल पार्नका साथै दक्षिण एसियामै नेपाल खुलादिशामुक्त घोषणा गरिसंगै पूर्ण सरसफाईका लागि भन्दै अभियानकै रुपमा लिएको दुवै नगरपालिकाले जनाएका छन् । भीमदत्त नगरपालिकाले हरेक शनिबार सरोकारवालाको उपस्थितिमा पनि सरसफाई गर्दै आएको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सार्वजनिक क्षेत्र चिटिक्क पार्नका लागि नागरिक जागरण ल्याउनका लागि सरसफाई अभियान थालिएको बताएका छन् ।

मेयर विष्टले स्वास्थ्य र पर्यटकको स्वागतका लागि सरसफाई गरिएको बताउदै आएका छन् । शनिबार बेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रमा सरसफाई गरेको छ । स्थानीयदेखि संसदमन्त्रीको उपस्थितिमा बेदकोट नगरले पर्यटकिय नगरी लिङ्गामा सरसफाई गरेको हो । लिङ्गा रहेको बेदकोट नगरपालिका–४ का वडाध्यक्ष भाष्कर दत्त भट्टले सरसफाई अभियान ऐतिहासिक भएको बताए । कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले २० २०भ्रमण बर्ष सफल पार्नका लागि समेत बेदकोट नगरपालिकाले आयोजनाको काम सराहनीय भएको टिप्पणी गरे । मन्त्री रावलले पर्यटकिय क्षेत्र सुधारका लागि प्रदेश सरकार लागि परेको बताए । पर्यटन प्रर्बद्धनका लागि प्रदेश सरकारले सुदूरका पाँच कोरिडोर अघि सारेको बताए ।

प्रतिनिधी सभा सदस्य बिना बुढाथोकी, प्रदेश सभा सदस्य लाल बहादुर खडकाले पर्यटन प्रर्बद्धनमा जोडदिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधी सभा सदस्य एव महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पालले भित्रीमनैदेखि सरसफाई गरे अवश्व देश स्वच्छ हुने बताउदै आ–आफ्नो क्षेत्र तहबाट सरसफाईमा जोडदिए । सभापति समेत रहेका बेदकोट नगरका मेयर अशोक कुमार चन्दले पर्यटन भ्रमण बर्ष २०२०सफल पार्नका साथै पर्यटन प्रर्बद्धनका लागि पर्यटकिय क्षेत्रमा बृह्द क्षेत्रको सहभागितामा सरसफाई गरिएको बताए ।

मेयर चन्दले बेदकोटले पर्यटन विकासका साथै भ्रमण बर्ष सफल पार्नका लागि थुप्रै योजना अघि सारेको बताए । सरसफाई अभियान सबै नागरिकले आ–आफ्नो भित्र्रीमनैदेखि अघि बढाउनुपर्नेमा मेयर चन्दले जोडदिए । पछिल्ला बर्षहरुमा कञ्चनपुरमा समेत सरसफाईलाई अभियानकै रुपमा नागरिक स्तरबाट भईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *