एम्नेष्टी इन्टरनेशनलको साधारण सभा

मानव अधिकारको क्षेत्रमा कार्यरत एम्नेष्टी इन्टरनेशनल कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएकोछ ।

मंगलबार महेन्द्रनगरमा समुह ४९ को ८ औँ बार्षिक साधारण सभा र महिला समुह २९ को दोस्रो बार्षिक साधारण सभा एकसाथ सम्पन्न भएको हो । कार्यक्रममा वक्ताहरुले मानव अधिकारको अवस्था खस्किदै गएकाले एम्नेष्टीले निगरानी गर्नुपर्नेमा जोडदिएका थिए ।

एम्नेष्टी इन्टरनेशनल महिला समुहका संयोजक भगवती थापाले कञ्चनपुरको मानव अधिकार खस्किदै गएको चिन्ता व्यक्त गरे । नागरिक समाज कञ्चनपुरका संयोजक नर बहादुर साउनले महिला, बालिकामाथी हुने जघन्य अपराधमा न्यूनिकरणमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका उप प्रमुख सानुमाया बुढथापाले एम्नेष्टीको विषयमा जनतालाई सुसुचित गराउनुपर्नेमा जोडदिए ।

एम्नेष्टी इन्टरनेशनल कञ्चनपुरका सचिव केशव बहादुर चन्दले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा अधिकारको क्षेत्रका सकृयता देखाउने बताए । एम्नेष्टी इन्टरनेशनलका महासचिव बर्ण बहादुर कुँवरले एम्नेष्टीले अधिकारको क्षेत्रमा काम गर्ने बताए । एम्नेष्टी इन्टरनेशनल कञ्चनपुरका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा एम्नेष्टी इन्टरनेशनलका सदस्य लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *