कैलाली जिल्लाको गोदावरी नदी किनारमा एक जनाको शव फेला परेको छ।
गोदावरी नगरपालिका वडा नम्वर ३ गोदावरी नदी किनारमा एक जनाको शव फेला परेको हो। नदीको बगरमा शरिरमा कपडा नभएको अवस्थामा एक जनाको शव फेला परेको थियो ।

शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शवको अवस्था हेर्दा झण्डै २०, २२ दिन अगाडी नै उनको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी गराउनु भयो ।

उनको वगेर मृत्यु भएको हुन सक्ने समेत प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। शव सेती प्रादेशीक अस्पताल धनगढीमा राखिएको जनाइएको छ ।

के तपाईंलाई थाहा छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.