क्रान्तिकारीद्वारा बृक्षारोपण

अखिल क्रान्तिकारी कञ्चनपुरले रौटेला बृद्धआश्रममा बृक्षारोपणका साथै बृद्धबृद्धालाई नास्ता खुवाएका छन् ।

क्रान्तिकारी नेता प्रज्वल शाहीको स्मृतिमा बुधबार क्रान्तिकारीले रौटेला बृद्धआश्रममा बृक्षारोपण एव त्यहाँ आश्रित बृद्धबृद्धालाई नास्ता खुवाएका हुन् ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले क्रान्तिकारी नेता शाहीको स्मृतिमा वातावरण संरक्षणमा योगदान पु¥याउने उदेश्यले बृक्षारोपण गरिएको बताए । उनका अनुसार त्यहाँ आश्रित बृद्धबृद्धालाई समाजिक सहयोगका लागि नास्ता खुवाएको बताए ।

अध्यक्ष भाटले क्रान्तिकारी पर्यावरण संरक्षण र असाहय बृद्धबृद्धालाई समाजिक प्रेमभावका लागि सम्झिएको बताए । क्रान्तिकारीका नेता शाही काठमाण्ठौँ बमकाण्डमा मरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *