रेटिना ईन्टरनेशनलको बार्षिकोत्सव

महेन्द्रनगर,

भीमदत्त नगरपालिका १६ परखेडीमा रहेको रेटिना ईन्टरनेशनल पब्लिक स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका विच विद्यालयले ९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले दिवसको उद्घाटन गर्दै गुणस्तरिय, सर्वशुलभ शिक्षामा जोड दिदै नैतिकवान र जिवनोपयोगी बन्नुपर्ने सुझाव दिए ।

बिशिष्ठ अतिथी सुप विश्व विद्यालयका प्राध्यापक हरिश चन्द्र भट्टले पनि गुणस्तरीय शिक्षामै जोडदिएका छन् । बैजनाथका शिक्षक समेत रहेका कञ्चनपुरका विद्यार्थी नेता नरेन्द्र भाटले वैज्ञानिक समाजवाद तर्फ शिक्षाको आवश्यकता रहेको औल्याए ।

सरस्वती मावि परखेडीका पुर्ब प्रअ जनक राज जोशीले काम लाग्ने शिक्षामा जोडदिएका हुन । कार्यक्रममा शिक्षक करुणा प्रसाद जोशीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरिय शिक्षामा संचालनमा प्रतिबद्धता जाहेर गरे । उत्कृष्ट विद्यार्थीलाई पुरस्कारका साथै सम्मान वितरण गरिएको थियो । सुदूरपश्चिम क्षेत्रको लोक संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो ।

त्यसैगरी कार्यक्रम सञ्चालन विद्यालयका प्रिन्सिपल तिलक दत्त भट्टले सञ्चालन गरेका थिए । कार्यक्रममा शिक्षक, बुद्धिजिवी, नागरिक समाज, सुरक्षाकर्मी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *