रविलाई अनुसन्धानका लागि ५ थप

काठमाडौं,
पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयलाई लिएर प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रो पटक म्याद थप गरेको छ ।

जिल्ला अदालत चितवनले पाँच दिनको म्याद थप गर्न आदेश दिएको हो । जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको इजलासले गत शुक्रवार पहिलो पटक पाँच दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको थियो । गत बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो ।

यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ गरेपछि त्यसै दिन नै थप अनुसन्धानका लागि चितवन लगिएको थियो । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।

घटनास्थलबाट प्रहरीले पुडासैनीको साथबाट फेला पारेको भिडियोमा रुँदै भनेका छन्, ‘रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाइँहरूलाई पाप लाग्छ । केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनु भयो, ढिलोचाँडो दुनियाँले तपाइँको असली रुप देख्नेछ । म सँग प्रमाण छ, आज नभए पनि भोलि तपाइँको पापको घडा भरिन्छ ।

भिडियोको आधारमा नै अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्रउ परेका तीनै जनाको सरकारी वकिल समक्ष बयान भइरहेको छ । सोमबार र मंगलवार रविसँग बयान लिइएको थियो । पोष्टमार्टम रिपोर्टमा ह्याङ्गिङको कारण मृत्यु भएको रिपोर्ट समेत प्रहरीले प्राप्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *