रौलेश्वर क्याम्पसको १२औं बार्षिकोत्सव शुरु

बेलडाँडी,

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको रौलेश्वर जनता आदर्श बहुमूखी क्याम्पसको अहिले १२ औं बार्षिकोत्सव कार्यक्रम शुरु भएको छ ।

प्रदेश सदस्य कुलविर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु भएको रौलेश्वर क्याम्पस संचालन समितिका सदस्य अक्कल बहादुर बिष्टले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

उहाँका अनुसार कार्यक्रममा क्याम्पसको प्रगति प्रतिवेदन क्याम्पस प्रमुख प्रयाग राज जोशीले बाचन गरेका थिए । गरेको थिए ।
रौलेश्वरलाई यहाँ सम्म पुर्याउनका लागि प्रत्यक्ष अप्रत्यक्ष सबैलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रमलाई स्वागत मनतव्य समितिका सदस्य तथा युवा नेता अक्कल बहादुर बिष्टले गर्नु भएको थियो ।


यस अघि खानेपानी मन्त्री विना मगरले कार्यक्रमको उदघाटन गर्ने तय भएको भए पनि मगर विरुद्ध क्षेत्र नं. १ भरी नेपाली कांग्रेसले विरोध पद्धर्शन गर्ने तय भएको जानकारी पाए पछि समितिले मन्त्री मगरलाई नबोलाइ चौधरीलाई बोलाएको थियो ।
मन्त्री मगरले कञ्चनपुरको डोकेवजारमा नेपाली कांग्रेसका नेताहरु माथी कुटपिट गर्न लगाएको आरोप लगाउदै क्षेत्र भरी मन्त्री मगरको विरोध गर्दै आएका छन् । सो घटनाको छानविन नभएको र पिडितले न्याय नपाएको भन्दै कांग्रेसले विरोध गर्न लागेको नेपाली कांग्रेस बेलडाँडी नगरसभापती हर्कदेव जोशीले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

कांग्रेसका अनुसार मन्त्री मगरले यस क्षेत्रका लागि सिन्को समेत नभाचेको भन्दै खवरदारी गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *