थारु समुदायको लोक संस्कृतिका लागि राहरंगीत

पश्चिम नेपाल तराई कञ्चनपुरका थारु समुदायको लोक संस्कृति संरक्षणका लागि दशैँको अवसरमा राहरंगीत कार्यक्तम गरिएको छ ।

शुक्रबार बड्घर, भलमन्सा, महटवाँ महासंघ बेदकोट नगरपालिकाको आयोजनामा दशौँको अवसरमा शुभकामना आदान प्रदान तथा राहरंगीत कार्यक्रम गरिएको हो । थारु बुद्धिजिवी एव नागरिक अगुवा बल बहादुर डगौराले आदिमकालदेखि थारु समुदायले मनाउदै आएको मुख्य चाँड दशौँका अवसरमा शुभकामना आदान प्रदान तथा राहरंगीत कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा थारु समुदायका अगुवाहरुले परम्परागतदेखि मनाउदै आएको लोक परम्परा संरक्षणमा जोडदिए । थारु अगुवा एव ईन्जिनियर रोशन चौधरीले थारु समुदायको संस्कृति संरक्षणमा जोडदिए । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले थारु समुदायले मनाउदै आएको चाडवाडले थप साँस्कृतिक महत्व झल्काएको बताए । मेयर चन्दले सामुदायिक सद्भावका लागि समेत कार्यक्रम प्रभावकारी भएको बताए ।

बड्घर, भलमन्सा, महटवाँ महासंघका केन्द्रीय उपाध्यक्ष धिरेन्द्र बहादुर डगौराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पञ्चायतकालिन पुर्व जिल्ला विकास समिति कञ्चनपुरका सभापति जोगराम डरौरा प्रमुख अतिथि रहेका थिए । ज्ञानु चौधरी र अंगिता चौधरीले संचालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका थारु समुदायबाट आएका टोलीले ऐतिहासिक साँस्कृति परम्परा झल्किने नृत्य प्रस्तुत गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *