प्यारा ताल कप – २०७६ को च्याम्पियन प्यारा ताल

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा न.९ बिसफाटामा आयोजना गरिएको प्यारा ताल कप – २०७६ को च्याम्पियन संगै प्यारा ताल युवा क्लबले उपाधी हात पारेको छ।

शुक्रबार भएको नबदुर्गा युथ क्लब धनगढी र प्यारा ताल युवा क्लब बिचफाटा बिच भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा निर्धारी पहिलो आफ मा बराबरी खेलेको थियो भने दोस्रो आफको निर्धारीत समयमा प्यारा ताल टिमका जर्सी नम्बर ७ सन्तोष सोनि र जर्सी नम्बर ९ का बिक्रम सिङ ठकुरी गरि दुई खेलाडी ले एल्लो काड र नबदुर्गा क्लबका जर्सी नम्बर २१ लाई मुख्य रेफ्री दिपक श्रेष्ठले रेड काड दिए पछि १० जनामा सिमित रहेको नवदुर्गा युथ क्लब लाई प्यारा ताल युवा क्लबले २ – ० गोल गरे पछि फाइनलमा नबदुर्गाले आफ्नो हार बेर्नु परेको हो।

प्रतियोगिताको च्याम्पियन हुने टिम प्यारा ताल युवा क्लब ले नगद धनराशि ८१,००० “एकासी हजार” ट्रफी प्रमाणपत्र र मेडल पारेका छन भने उपविजेता नबदुर्गा युथ क्लब धनगढी ले ४०,००० ” चालीस हजार” मा चित्त बुझाएको छ। उक्त प्रतियोगिताको मुख्य निर्णायक संगै रेफ्रीमा एन्फा रेफ्री दिपक श्रेष्ठले प्रतियोगिताका सम्पुर्ण खेल खेलाउनु भएको आयोजक ले बताएका छन। प्यारा ताल कप २०७६ खुल्ला फुटबल प्रतियोगिताको आयोजना पुनर्वास नगरपालिका वडा न.९ स्थित रहेको प्यारा ताल युवा क्लब बिचफाटाले हरितालिका तिजको सुवर्ण अवसरमा हरेको साल झै यो साल पनि आयोजना गरिएको खुल्ला फुटबल प्रतियोगिता भब्यताका साथ एक कार्यक्रम बिच सम्पन्न गरिएको छ।

उक्त प्रतियोगिताको भदो ७ गते उद्धघाटन गरिएको थियो भने जसमा जम्मा टिम २३ वटा रहेको आयोजक स्रोतले जानकारी संगै बताएका छन् । प्रतियोगिता आयोजना आगामी आउदा वर्षमा पनि यो भन्दा अझै भब्य संगै युवा हरु लाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिने क्लबका अध्यक्षले बताए। समापन समारोहका सभापति प्यारा ताल युवा क्लबका अध्यक्ष हरि शर्मा जैशी रहनु भएको थियो भने प्रमुख अतिथिमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा र विशिष्ट अतिथिमा नगर उपप्रमुख शारदा शर्मा बिष्ट रहनु भएको थिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *