प्यारा ताल कप २०७६ को आज फाइनल च्याम्पियनका लागि नबदुर्गा र प्यारा ताल भिड्ने

बिचफाँटा,

कञ्चनपुरको पुनर्वासमा आयोजना गरिएको प्यारा ताल कप २०७६ मा नबदुर्गा युथ क्लब धनगढी र प्यारा ताल युवा क्लब आयोजक बिचफाँटाले आफ्नो फाइनलको यात्रा तय गरेको छ।

सुदूरपश्चिम प्रदेशको दक्षिणी क्षेत्र ग्रामीण भेग अहिले फुटबल मय बनेको छ। भदो महिनाको ८ गते बेलडाँडीमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिता संगै पुनर्वास नगरपालिका वडा नंं.९ स्थित रहेको प्यारा ताल युवा क्लब बिचफाँटाले आयोजना गरेको प्यारा ताल कप २०७६ खुल्ला फुटबल प्रतियोगिताको फाइनल खेल आज शुक्रबारका दिन एक भब्य समापन समारोह बिच सम्पन्न हुने छ।

फाइनल खेलमा नवदुर्गा युथ क्लब धनगढी र प्यारा ताल युवा क्लब आयोजक बिच रोमाञ्चक का साथै प्रतिस्पर्धात्मक खेल प्यारा ताल युवा क्लबको खेलमैदानमा हुने छ।
प्रतियोगिताको च्याम्पियन अर्थात बिजेता टिमले नगद धनराशि ८१,००० (एकासी हजार) ट्रफी प्रमाणपत्र र मेडल हात पर्ने छ भने उपविजेता अर्थात रनरअफ ले नगद धनराशि रु ४०,०००। (चालीस हजार) मा चित्त बुझाउनु पर्ने छ।

प्रतियोगितामा जम्मा २३ टिमको सहभागीता रहेको थियो भने उक्त प्यारा राल कप २०७६ को उद्धघाटन भदो ७ गते भएको प्रतियोगिताका खेल पनि ७ गते देखि भदो २० गते सम्म संचालन गरिको थियो । प्रतियोगितामा निर्णायकको भुमिका एन्फा रेफ्री दिपक श्रेष्ठले निर्वाह संगै प्रतियोगिताका खेलहरु खेलाउदै आएको आयोजकले जानकारी गराएको छ।

प्रतियोगिता आयोजना गरि एक युवा शक्ति लाई खेल प्रेमी र खेलकुद क्षेत्र प्रती अग्रसर बनाउन र आफ्नो क्षेत्र खेलकुद प्रतीमय बनाउने उद्देश्यले आयोजना गरिएको र यो संगै स्थानीय तहले पहिला भन्दा खेलकुद क्षेत्रलाई प्रोत्साहन संगै खेलकुद लाई मध्यनजर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *