पुनर्वासमा हुने मेयर कप फुटबलका लागि खेलाडी छनौट प्रक्रिया सुरु

किशोर तामाङ/पुनर्वास

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा बृहत मेयर कप सञ्चालन हुने भएको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा यहि माघ १० गते देखि हुने मेयर कप फुटबलको लागि खेलाडी छनौट प्रक्रिया एक कार्यक्रमका बिच आज सुरु भएको छ ।

शुक्रबार पुनर्वास नगरस्तरीय खेलकुद समितिले एक कार्यक्रमको आयोजना गर्दै खेलाडी छनौट प्रक्रिया सुरु गरेको हो ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्यमा पुनर्वास नगरपालिका-५ स्थित भानु युवा क्लबको खेल मैदानमा खेलाडी छनौट कार्यक्रमको सुभारम्भ भएको थियो ।

पुनर्वास नगरपालिका अन्तर्गतका १८ ओटा फुटबल क्लबले सहभागिता जनाएको यस मेयर कपमा जम्मा २ सय ६८ जना खेलाडी सहभागी हुनेछन्।

उक्त मेयर कप फुटबलको लागि कंचनपुर जिल्ला खेलकुद विकास समितिका फुटबल प्रशिक्षक टेकराज चटौत र कैलाली फुटबल विकास संघका फुटबल प्रशिक्षक ललित चन्दले छनौट कार्यक्रम अवधीभर खेलाडीहरुलाई प्रशिक्षण दिने आयोजक समितिका सचीव लालमन तामाङले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्