महेन्द्रनगरको महाकाली पेट्रोल पम्पमा सिलबन्दी

 कञ्चनपुर,

गुणस्तर तथा नापतौल विभागले कञ्चनपुर महेन्द्रनगरको एक पेट्रोल पम्पमा सिलबन्दी गरेको छ ।

आइतबार विभागले भीमदत्त नगरपालिका–४ गोबरैया स्थित महकाली फिलिङ्ग सेन्टरमा सिलबन्दी गरेको हो । कम तेल दिएर उपभोक्ता ठगिभईरहेकाले महाकाली पेट्रोल पम्पमा सिलबन्दी गरेको विभागले जनाएको छ ।

गुणस्तर तथा नापतौल विभाग धनगढीका प्रमुख दिपेन्द्र रोकायाले १० लिटरमा २ः५० मिलिमिटर कम तोल बिक्रि वितरण भईरहेको पाईएकाले शिलबन्दी गरिएको बताए । ‘हामी तीन पटक तेल नाप्यौँ, ‘उनले भने, ‘तीनै पटक १० लिटरमा २ः५० मिनिग्राम कम तेल आयो, यो सरासर उपभोक्तामाथी अन्याय हो ।’ विभागले पेट्रोलको भित्र र बाहर सटरमा ६ टाँचा लगाएको छ ।

कार्यालय प्रमुख रोकायाले उक्त पेट्रोलका संचालकमाथी नापतौल ऐन २०२५ र नियम २६ अनुसार कार्बाही प्रकृया अघि बढाईने बताए । ‘अहिले हामीले दुवै मेसिनमा सिलबन्दी गरेका छौँ, ‘उनले भने, ‘यो पेट्रोल पम्प अनुसन्धानको घेरामा छ ।’ महकाली फिलिङ्ग सेन्टरका संचालक रण बहादुर चन्दले विवित कारणबाट मेसिनले कम तेल दिएको हुनसक्ने बताए ।

उनका अनुसार मेसिनको आन्तरिक समस्या, भोल्टेज र यस क्षेत्रमा रहेका विभिन्न वल्डीङ सेन्टरका कारण समस्या आएको हो । ‘हामीले कम तेल दिने र उपभोक्ता ठग्ने भन्ने कदाचित होईन, ‘उनले भने, ‘यो प्राविधिक समस्या भएको होला ।’ मेसिनमा समस्या आएको बारेमा विभागमा तीन महिना अघि नै जानकारी गराएपनि कार्यालयबाट कुनै पहल नभएको संचालक चन्दको गुनासो छ । उपभोक्ताहरुले भने सत्यतथ्य छानबिन गरि अन्य पेट्रोल पम्पमा समेत अनुगमन गर्न सुझाव दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *