घाईते पत्रकारको उपचारका लागि नगद सहयोग

मोटरसाईकल दुर्घटनामा परि घाईते भएका कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थीलाई द्वन्द्वपीडित तथा एक महिला विकास केन्द्रले उपचारमा आर्थिक सहयोग गरेको छ ।

मोटरसाईकल दुर्घटनामा परि घाईते भएका धनगढी स्थित निर्सग अस्पतालमा उपचारार्थ पत्रकार अवस्थीलाई शुक्रबार भेटेरै अध्यक्ष बोहराले नगद आर्थिक सहयोग गरेकी हुन् । समाजको कामका लागि खटिएका पत्रकारको दुखपीडामा सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अध्यक्ष बोहराले आर्थिक सहयोग गरेको बताईन् ।

‘समाजका हरेक नागरिकलाई दुख पर्दा पत्रकारको अतुलनिय सहयोग हुन्छ, ‘उनले भनिन, ‘अहिले पत्रकारलाई दुख परेको छ, हामीनागरिकले सक्दो सहयोग गरेर उपचार गराउनुपर्छ ।’ गोरखापत्र राष्ट्रिय दैनिकका पत्रकार अवस्थी बुधबार बैतडीमा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका थिए । दुर्घटनामा परि उनको बाँया हातभाँचिनुका साथै शरिरका अन्य भागमा समेत चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *