पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष गोबिन्द आचार्यलाई पितृ शोक परेको छ ।

सोमबार बिहान ३ बजेतिर अध्यक्ष आचार्यका बाबु याम प्रशाद शर्माको ६८ बर्षको उमेरमा निधन भएको हो । शर्माको किर्तिपुर–३ काठमाण्डौँमा आफ्नै निवासमा निधन भएको थियो ।

लामो समयदेखि बिरामी भएका पत्रकार आचार्यका बाबुको निधनमा पत्रकार महासंघ कञ्चनपुरले शोक वक्तव्य जारी गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णूदत्त अवस्थीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा स्वर्गिय शर्माप्रति हार्दिक श्रद्धान्जली अर्पण गरिएको छ ।

आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *