निर्मलाका हत्यारा सार्वजनिक गर्न माग

 कञ्चनपुर, 

निर्मला हत्याकाण्डको न्यायिक आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिले निर्मलाका वास्तविक हत्यारालाई तत्तकाल सार्वजनिक गर्न माग अघि सारेको छ ।

आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार बैद्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै संघर्ष समितिले हत्यारा सार्वजनिकको यथाघिश्र माग अघि सारेको हो । मिना भण्डारी नेतृत्वको सघर्ष समितिले घटना भएको १६ महिना वितिसक्दा पनि वास्तविक हत्यारालाई कानुनको कठघरामा उभ्याउन छाडी जनतालाई जिस्काउने काम भएको टिप्पणी गरिएको छ ।

अधिकारकर्मी समेत रहेकी नागरिक संघर्ष समितिकी सदस्य शारदा चन्दले घाईतेको उपचारको माग अघि सारिएको छ । हत्यामा संलग्न वास्तविक अपराधि उम्काउन, आदालतमा विचारधिन मुद्दा कमजोर बनाउन षड्यन्त्र भईरहेको समेत दावि गरिएको छ । निर्मलाकी आमाले अनर्गल विषय बोलेको भन्दै त्यो बन्द गर्न समेत माग गरिएको छ ।

अधिकारकर्मी चन्दका अनुसार प्रधानमन्त्री सहित, राष्ट्रिय मानव अधिकार आयोग, दुई एनजिओ कोक्याप, नेपाल मानव अधिकार संगठन लगायतमा समेत ज्ञापन पत्र बुझाईएको बताईन् । अधिकारकर्मी चन्दले आफु निर्मलाको न्यायका लागि लडिरहने जिकिर गरिन् । अधिकारकर्मी चन्दले महिला हिंसा दिवसकै समयमा विभिन्न महिला सहित मानवमाथी हुने अपराधीक घटनाले प्रयस पाएकाले रोक्नुपर्नेमा माग अघि सारेकी छिन् ।

ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बैद्यले निर्मला हत्याकाण्डको अनुसन्धानमा सरकारी निकाय गम्भिर भएर लागि परेको र अनुसन्धान जारी रहेको बताउदै ज्ञापन पत्र माथिल्लो निकायमा पेश गरिदिने बताए । २ मसिर (सोमबार) निर्मलाकी आमा दुर्गादेवि पन्तले निर्मलाका हत्यारा दिलिप विष्ट भएकाले उनीमाथी आफुले २२ भदौँमा दिएको किटानीमा प्रहरीले वेवास्ता राखेको भन्दै प्रमुख जिल्ला अधिकारी बैद्यको ध्यानाकर्षण गराएको ठिक १४ दिन दुई सातामै संघर्ष समितिले वास्तविक हत्यारा सार्वजनिकको माग राखेपछि प्रहरीलाई समेत वास्तविक हत्यारा सार्वजनिक गर्न दवाव पुगेको छ ।

निर्मला हत्याकाण्डयता डलरको खेती भईरहेको समेत स्वयक अधिकारकर्मीविच हुने बेला बेलाको संगिन आरोपबाट पुष्टी हुन्छ । दुर्गा पन्त र यज्ञराज पन्तले छोरी गुमाए दुनियालाई रकम कमाउन, डलरको खेती गर्न र अनावश्यक राजनीति, सेलिब्रेटी हुन अवसर मिलेको सर्वसाधारणको बुझाई छ । केहीले यो, अपराधी भन्ने केहीले यो हुँदै होईन भन्ने, प्रहरी र आदालतको भूमिका सडकबाटै आवाज चर्काउने प्रवृतिका कारण वास्तविक दोषि उम्काउने काम भएको समेत टिप्पणी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *