कञ्चनपुरमा निजामती दिवस

कञ्चनपुरमा निजामती दिवस
कञ्चनपुरमा पनि निजामती दिवस–०७६ मनाईएको छ । ‘सक्षम, निजामती प्रशासन विकास सम्बृद्धि र सुशासन’ भन्ने मुल नारका साथ १६ औँ निजामती दिवस मनाईएको हो ।
नेपाल निजामती कर्मचारी संघका सचिव ओमकार विष्टले जिल्ला सदरमुकाम महेन्द्रनगरमा भव्य रुपमा दिवस मनाएको बताए । उनका अनुसार दिवसमा कर्मचारी अगुवाले जनताको सेवाका लागि सबै कर्मचारीले अग्रसर हुनुपर्नेमा जोडदिएका थिए ।

दिवसकै अवसरमा देउडा प्रतियोगिता समेत हुन लागेको सचिव विष्टले बताए । सुदूरपश्चिमेलीहरुको लोक संस्कृति संरक्षणका लागि देउडा प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

निजामती कर्मचारीको आधिकारित टे«ड यूनियन कञ्चनपुरका अध्यक्ष गौराज बहादुर लिम्बुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । यस्तै बेलडाँडी गाउँपालिकाका कर्मचारीहरुले पनि सो कार्यक्रमको अवसर पारेर बेलडाँडी गाउँपालिकाको प्रणाङ्गण सफाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *