ब्रम्हदेब–टनकपुर नाका शुचारुमा दुवै देशका स्थानीय र अधिकारीको जोड

 कञ्चनपुर,

नेपाल–भारतका अधिकारीहरुले दुवै देशको हितका लागि ब्रम्हदेब–टनकपुर नाका शुचारुका जोड दिएका छन् ।

सिद्धनाथ मन्दिर संरक्षण समितिले मंगलबार ब्रम्हदेबमा आयोजना गरेको ‘नेपाल–भारत मैत्री समारोहमा बोल्ने दुवै देशका स्थानीय, जनप्रतिनिधी र सरकारी अधिकारीले नाका खोल्नका लागि जोड दिएका हुन् ।

उनीहरुले आ–आफ्नो देशका तर्फबाट सक्दो पहल गर्ने बचन दिएका छन् । दुवै देशका व्यवसायी, उद्योगी, धार्मिक क्षेत्रका अगुवा, राजनीतिक दल, नागरिक अगुवा, विद्यायक एव मन्त्री ब्रम्हदेब–टनकपुर नाका खुलाउने विषयमा एकमत भएका देखिन्छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एव नेपाली उद्यमी हेमराज पाण्डेयले नाका खोल्नुको विकल्प नभएको बताए ।

चम्फावतका विद्यायक प्रतिनिधी हरिश भट्टले उत्तराखण्ड प्रदेश र सुदूरपश्चिमाञ्चल प्रदेशको धर्म, संस्कृति, संस्कार एव परम्परा एउटै हुँदा दुवै देशका नागरिकले दुवै तर्फका धार्मिक स्थलमा जानुपर्ने भएकाले सडक आवश्यक रहेको बताए । उनले नाका संचालन नहुँदा दुवै देशको आर्थिक, साँस्कृतिक विकासमा समेत प्रभाव परेको बताएका छन् । सिद्धनाथ मन्दिर समितिका अध्यक्ष बीर बहादुर खडकाले धार्मिक पर्यटन र व्यवसायिकका लागि नाका खुलाउनुपर्नेमा जोडदिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम प्रदेश सदस्य माधव प्रशाद जोशीले ब्रम्हदेब–टनकपुर नाका विस्तार हुनुपर्ने बताए । उक्त नाका विस्तार नहुँदा दुवै देशलाई घाटा भईरहेको बताए । महेन्द्रनगरदेखि टनकपुर जोड्ने लिक रोड नेपाल तर्फ निर्माण भईसकेको बताए । ‘नेपाल तर्फ पुरै रोड बनिसकेको छ, ‘उनले भने, ‘अब ब्रम्हदेबदेखि टनकपुर किन नजोडने ।’

आर्थिक गतिबिधी बृद्धिका लागि समेत उक्त नाका खोल्नुपर्नेमा उनको सुझाव छ । पुर्णगिरी मन्दिर समिति टनकपुरका अध्यक्ष भुवन पाण्डेले धार्मिक पर्यटनका लागि समेत नाका विस्तारमा जोडदिए । ‘भारतमा पुर्णागिरी मन्दिरको दर्शन गरेर यता नेपालको सिद्धनाथ मन्दिर आउने दर्शनार्थीका लागि समेत नाका खोल्नुपर्छ, ‘उनले भने, ‘यस नाकालाई धार्मिक सर्किटका रुपमा विकास गरौँ ।’

ब्रम्हदेब खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष केशव बहादुर चन्दले भारतीय पक्षबाट समेत पहल हुनुपर्नेमा जोडदिए । नेपाली काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेले भारतीय कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले टनकपुर–ब्रम्हदेब नाकालाई धार्मिक रुपमा विकसित गराउनुपर्नेमा जोडदिए । अध्यक्ष मल्लले औद्योगिक विकासका लागि समेत टनकपुर नाका विस्तार हुनुपर्ने बताए । त्यसका लागि सरकारी निकायबाट पहल हुनुपर्ने जोडदिए ।

उत्तराखण्ड प्रदेश विद्यान सभा सदस्य कैैलाश गहोतडीले नेपाल–भारत दुवै देश हिन्दुत्वको देव भूमि भएको चर्चा गर्दै समान धर्म, संस्कृति भएकाले साझा भावना भएको चित्रण गरे । उनले आफ्नो तर्फबाट ब्रम्हदेब टनकपुर नाका खोल्नका लागि पहल गर्ने आवश्वासन दिए । ‘दुवै देशमा दुवैतर्फ नातेदार छन, ‘उनले भने, ‘हाम्रो पहिलेदेखिको नै सम्बन्ध हो, यताउता जान सडक चाहिन्छ ।’ ब्रम्हदेब नाका भए दुवै देशका नागरिकलाई सहज हुने बताउदै उनले नाका शुचारुका लागि आफ्नो तहबाट सक्दो पहल गर्ने बचन दिए ।

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले आर्थिक सम्बृद्धिका लागि दुवै देशले नाका विस्तारमा जोडदिनुपर्ने बताए । मन्त्री रावलले सुख्खा बन्दरगाहसंगै ब्रम्हदेब टनकपुर नाका खोल्नका लागि नेपालका तर्फबाट सक्दो पहल गर्ने मन्त्री रावलले बचन दिए । नाका खुलेसगै देशका सातै प्रदेश भन्दा सुदूरपश्चिम प्रदेशको सम्बृद्धि हुने मन्त्री रावलले दावि गरे । पश्चिममा नाका नभएकै कारण पारी भारतीय शहरबाट पुर्वी बिरगन्ज नाका भएर समान नेपाल भित्र्रिाउने समस्या टार्ने मन्त्री रावलले बताए ।

मन्त्री रावल र विद्यान सदस्य गहताडीले टनकपुर–ब्रम्हदेब सीमा सडक नेपाल तर्फको अवलोकन गरेका छन् । भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले संचालन गरेको कार्यक्रमको संचालन सिद्धनाथ मन्दिर समितिका पुर्व सचिव शेर सिह विष्टले संचालन गरेका थिए । कार्यक्रममा दुवै देशका नागरिक तथा सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

ब्रम्हदेब टनकपुर नाका विस्तार गर्नका पहलका लागि कञ्चनपुरका उद्योगी व्यवसायी एव नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य माधव जोशीको संयोजकत्वमा समिति विस्तार गरिएको छ । दुवै देशका अधिकारीसंग पहल गर्नका लागि जोशीको सयोजकत्वमा सात सदस्यीय समन्वय समिति गठन गरिएको हो । सदस्यमा कृष्ण प्रशाद पाठक, राम बहादुर नाथ, बीर खडका, केशव चन्द, राजेन्द्र पनेरु रहेका छन् । उक्त समितिले दुवै देशका सरकारी अधिकारी, वाणिज्य तथा विज्ञ समुहसंग छलफल गरेर नाका संचालनका लागि पहल थाल्ने छ ।

महेन्द्रनगर–ब्रम्हदेब लिक रोड बनिसक्दा पनि दशगजा तर्फको पुलसम्म पुग्ने झण्डै २ किलोमिटर सडक विस्तारको कुनै टुङ्गो लागेको छैन् । टनकपुर स्थित महाकाली नदीमा पुल निर्माण भएको पनि झण्डै तीन दशक वितिसक्दा पनि नेपाल–भारत जोड्ने नाका संचालन नहुँदा दुवै देशलाई घाटा भईरहेको स्थानीयको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *