कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दक्षिण बेल्टमा रहेको नव प्रगति महिला कृषि सहकारी संस्थाले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

आइतबार एक कार्यक्रमका विच कृष्णपुर– ६ को वालुवाटारमा सो कार्यक्रम भएको हो । कार्यक्रमा नव प्रगति कृषि सहकारी संस्थाको वार्षिक साधारण सभामा रु.१ करोड १० लाख ६२ हजार ४सय ६१ के वार्षिक प्रतिवेदन नव प्रगति कृषि सहकारी संस्थाकी प्रबन्धक फुलपति चौधरीले गर्नु भएको थियो ।

आगामी आर्थिक वर्षमा यस सहकारी सस्थाले दुई करोड सम्मको आय आर्जन गर्ने र सो समुदायकै क्षेत्रमै सामुदायिक काम गर्ने कार्यक्रमकी संस्थाकी अध्यक्ष मनि चौधरीले बताउनु भयो । उक्त कार्यक्रमा आर्थिक वर्ष २०७६/०७७मा ८० जना उपभोक्ताहरुलाई कृषि तथा तरकारी सम्बन्धी तालिम गोष्ठीहरु गरिएको थियो ।

आइतबारनै नव प्रगति महिला कृषि सहकारी संस्थाको भवन उद्दघाटन प्रमुख आथित्य माननिय भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि विनिता चौधरीले गर्नु भएको थियो ।

मनि चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख आथित्य माननिय भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि विनिता चौधरीरहनु भएको थियो भने विशिष्ट अतिथिमा सुदूर पश्चिम प्रदेश सभा सदस्य एवं सासंद महेश दत्त जोशी र कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण हमालको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न राजनीति दल बुद्धिजिवी, समाजसेवी, संघ, संस्थाका पदाधिकारीहरु साथै स्थानिय उपभोक्ताको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *