भेट्रान फुटबलमा प्रतियोगिता-२०७६ सञ्जिवनी वेस्ट-११ महेन्द्रनगर च्याम्पियन

बिकाश सिंह महता /महेन्द्रनगर

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगितामा सञ्जिवनि वेस्ट-११ महेन्द्रनगर च्याम्पियन बनेको छ।

मंगलबार भएको सञ्जिवनि वेस्ट -११ महेन्द्रनगर भेट्रान र अरनिको “ए” भेट्रान बिच भएको फाइनलमा निर्धारित समयमा दुबै टिमले बराबरी खेल्दा खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा सञ्जिवनि वेस्ट -११ महेन्द्रनगरले ४-३ गोलको अन्तरले अरनिको भेट्रान लाई पाखा लगाउदै उपाधी आफ्नो पोल्टोमा पार्न सफल भएको छ। भने अरनिको भेट्रान “ए” ले उपविजेतामा चित्त बुझाएको छ।

प्रतियोगिताको बिजेता टिम सञ्जिवनी वेस्ट -११ महेन्द्रनगरले नगद राशी रु. ७५ हजार ट्रफी हात पारेको छ। उपविजेता हुने टिम अरनिको भेट्रान “ए” ले नगद रु.४० हजार ट्रफीमा चित्त बुझाएको छ।
“सबैका लागि र स्वस्थ्यका लागि खेल” भन्ने मुलनाराका साथ अरनिको खेलकुद विकास समिति अरनिको भेट्रान क्लबको आयोजनामा महान चाड क्रिसमसको शुभ अवसरमा मैत्रीपुर्ण खुल्ला भेट्रान फुटबल प्रतियोगिता – २०७६ को आयोजना गरिएको थियो।

पुनर्वास नगरपालिकामा सञ्चालित मैत्रीपुर्ण खुल्ला भेट्रान फुटबल खेलमा कञ्चनपुर र कैलालीका १२ पुरुष भेट्रान टिमको सहभागीता रहेको छ।

पुनर्वास नगरपालिका २ स्थित अरनिको आधारभूत बिद्यालय को आफ्नै घरेलु मैदानमा सञ्चालित मैत्रीपुर्ण खुल्ला भेट्रान फुटबल प्रतियोगिता नकआउट प्रणालीबाट खेलाईएको उक्त प्रतियोगिता पौष २ देखि पौष १५ गते मंगलबार सम्म संचालन भएको आयोजक टिमका उपाध्यक्ष डम्बर तामाङले बताएका छन।

प्रतिक्रिया दिनुहोस्