बेलाैरीमा खेतमा एक जना मृत भेटिए

बेलाैरी,

कञ्चनपुरको बेलाैरी नगरपालिकामा एक जना मृत अवस्थामा भेटिएका छन् ।

बेलौरी नगरपालिका–४ बुटावारीका ५२ वर्षीय हर्क बहादुर बोहरा रिछाह भन्ने ठाउँमा मंगलवार दिउँसो मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बेलाडाँडी पोष्टलाई जानकारी दिए ।

मृतक बोहरा सरस्वती माध्यमिक विद्यालयको कार्यालय सहयोगी समेत रहेका उनी बेलौरी नगरपालिका–४ रिछाह स्थित गोर्खे रानाको खेतमा मृत अवस्थामा भेटिएका हुन । बोहरा २८ वर्ष देखि सरस्वती माध्यमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका थिए ।

बिहानको खाना खाए पछि घरपरिवारको सम्पर्कमा नआएका बोहरा मृत भेटिएका हुन । अहिले मृतक बोहराको शव श्रीपुर स्वास्थ्य केन्द्रमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *