शिद्धनाथ मन्दिरमा शिवरात्रीको अवसरमा देउडा हुने

बेलडाँडी,

बेलडाँडी गाउँपालिका वडा नं.१ मा रहेको शिद्धनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा देउडा हुने भएको छ ।

धर्मसंस्कृतिको संरक्षणका लागि भन्दै मन्दिर समितिले यसै ८ र ९ गते मेला संगै देउडा आयोजना गर्ने भएका छन् । समितिले मेला आयोजना गर्न चेत बहादुर शाहको नेतृत्वमा मेला संचालन गर्ने समिति बनाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिर्घराज ओझाले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

उहाँका अनुसार यस मन्दिरमा पहिलो पटक मेला आयोजना गर्नलागेको बताउदै पश्चिमेलीहरुले मनाउने मनोरञ्जन संगै देउडाको समेत संरक्षण हुने गरी देउडा आयोजना गर्न लागेको बताए ।

देउडा कार्यक्रममा धनगढीकी देउडा गायिका माया पाण्डेय, युवा देउडा गायक चेत बहादुर शाह, पदम राज जोशी, लगायतका देउडीयाहरु विच प्रतिस्पर्धा हुने र सो कार्यक्रम हेर्न समितिले सबैमा आवाहान समेत गसरेको छ ।
देउडा ८ गते दिउसो राती हुने र ९ गतेका दिन राती हुने आयोजनकले जनाएको छ ।

कार्यक्रम संचालकका संयोजक चेत बहादुर शाहका अनुसार लोप हुन लागेको देउडालाई जर्गेनाका लागि देउडा अयोजना गरिन लागेको बताए । उहाँका अनुसार समाज रुपान्त्रणका लागि पनि देउडाको माध्येमबाट सकारात्मक सन्देश दिइने हुनाले पनि यसको संरक्षण गर्न जरुरी भएको बताए । हाम्रा पुर्खाहरुले पुखौं देखि मनाउदै आएको देउडाको संरक्षण अवका युवाका काधमा आएकोले आफुले बढी देउडामा चासो देखाउने गर्ने गरेको जनाए । सो ठाउँमा देउडा लाग्ने भएकोले स्थानीयहरुमा रौनक छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *