सुदूरश्चिमकै पहिलो एतिहासिक मेला बेलडाँडीमा

बेलडाँडी,

हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारको खुल्ला मञ्चामा गत बिहिवार देखि एतिहासिक रमाइलो मेला शुरु भएको छ ।

प्रियंका फर्निचर उद्योग र बेलडाँडी पोष्टको सयुक्त आयोजनामा मेला शुरु भएको हो । असोज १६ गते देखि संचालन भएको मेला असोज २२ गते(७ दिन) सम्म संचालन हुने छ ।
बिगत बर्षहरुमा भन्दा यस बर्ष नयाँ तरिकाले मेला आयोजना गरिएको प्रियंका फर्निचर उद्योगले जनाएको छ । यहाँका आम नागरिकलाई नयाँ अनुभवका साथै मनोरञ्जन दिनका लागि मेला आयोजना गरिएको हो ।

यो पाली मेलामा सहभागि कलाकारले अनौठा साइकलका कला लगायतका जिवन र मृत्युको बिचमा रहेर कला देखाइ बेलडाँडीका नागरिकहरुलाई रमाईलो गराइरहेका छन् । निःशुल्क रुपमा लागेको मेलामा आफु खुसी इच्छाले सहयोग गर्ने सकिने जानइएको छ । मेलामा कसैलाई करकाव गरिएको छैन् ।

कलाकारले सात दिन सम्म साइकल सो देखाउने छन् भने साइकल सो निम्न प्रकारका रहेका छन् ।
एउटा मान्छे एक हप्ता सम्म नियमित कार्यक्रम अवधी सम्म साइकल बाट नओर्लीने, साइकलमै खाने, साइकलमै सुत्ने, नित्य कार्यक्रम त्यसैमा गर्ने । सो मान्छेलाई साइकल बाट ओर्लेको देख्नेलाई नगद ११ हजार पुरस्कार दिइने छ । साइकलमै डान्स गर्ने मुखले सिसाको टुवलाई चपाउने कार्य गर्ने, टुवलाईट र सिसाका टुक्रामा नाङ्गै खुट्टा नृत्य देखाउने, टेक्टरलाई साइकलले तान्ने छ । साइकलमै बसेर घाटीको रसीले दुबै साइडको मोटरसाइकल लाई आफुतिर तान्ने छ ।

सब्बललाई ठाडो पारेर माथी साइकल राखेर साइकल माथी डान्स गर्ने । ५० किलो भन्दा माथी एक कुन्टल सम्मको ढुगांलाई छातीमा राखेर घनले फुटाउने । छेपारो लाई जिउदै खाने र जिउदै १० मिनेट पछि पेटबाट निकाल्ने । साइकलको बलेको टाइरबाट साइकल र मान्छे छिर्ने । टेक्टरको पच्छिल्लो चक्का छातीमा चढाउने । टाउँकोमा चिया पकाउने । जस्ता हजारौंकला देखाइने छ ।

देखाइने सबै कला निःशुल्क देखाइने छन् भने खेलको भरपुर्ण आनन्द लिन आयोजकले सबैलाई आवाहान गरेको छ ।

मेलामा सहभागिले भने यस्तो अचम्मकको कला आजका मिति संम्म नदेखेको बताए । एक जाना दर्शकले भने आफु धेरै ठाउँ घुमे तर यस्तो कुनै ठाउँमा पनि देखेन त्यस्तो कलालाई सम्मान गर्नुपर्ने बताए ।
आज पनि बिभिन्न रोचक कलाहरु देखाइने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *