कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका समाजसेवी प्रजापति जोशीले आफ्नै घरमा श्रीमतद्भागवत् महापुराण यज्ञ लगाएका छन् ।

गत साता आईतबारदेखि कलशयात्रा सहित शुरुवात गरिएको महापुराणको शनिबार समापन गरिएको छ । ‘शान्ति र आत्मज्ञानका लागि महापुराण लगाईएको जोशी परिवारले जनाएका छन् । उनीहरुले आफ्नै खर्चमा सातदिने महापुराण लगाएका हुन् ।

प्रजापतिका छोरा कृष्णदत्त जोशीले शान्ति, आत्मज्ञान, प्रितिमोक्षका लागि महायज्ञ संचालन गरिएको बताए । उनका अनुसार पछिल्लो समयमा संस्कार हराउदै गएकाले समाजमा विकृती बड्दै गएकाले त्यसलाई न्यूनिकरणका लागि महापुराण लगाईएको छ ।

‘महापुराणका माध्यमबाट सिङ्गो समाजलाई सतकर्म, सतविचार र मित्रता जगाउने हो, ‘उनले भने, ‘हामीले यही उदेश्य राखेर घरमै महापुराण लगाए ।’ महापुराणमा प्रजापति जोशी र उनका धर्मपत्नी रुद्रगौरी जोशीले व्रत बसेर शान्ति र आत्मज्ञानको संकल्प गरेका थिए । ‘उहाँ बाबु आमाले गाईको मात्रै दुध खाए, ‘कृष्णले भने, ‘सातदिनसम्म आध्यात्मिक ज्ञानको विषयमा प्रबचन दिईयो ।’

उनका अनुसार सात पण्डित धर्मानन्द भट्ट, केशवराज जोशी, अनिरुद्र अवस्थी, अम्बादत भट्ट, नन्दराज भट्ट, नारद प्रशाद जोशी, हंसराज जोशीले कथा, पुराण, रामायण, प्रबचन गरेका थिए । भगवान कृष्ण, राधानको समेत कर्तव्य बारे चर्चा गरिएको थियो ।

महापुराणका माध्यामबाट समाजिक सचेतना फैलाउदै, सतकर्म तर्फ उन्मुख हुन प्रबचन दिईएको थियो । सातै दिन भजन किर्तन समेत गरियो । करिब हजार भक्तजन लगायतलाई आमन्त्रित गरिएको थियो । प्रजापतिका कान्छा सुपुत्र सुर्वण प्रदशा जोशीले ९ बर्षअघि पनि जोशी परिवारले घरमै पुराण लगाएको बताए ।

महापुराण सफल भएको जोशी परिवारको बुझाई रहेको उनले बताए । आफन्त, ईष्टमित्र, छरछिमेकी, गाउँले सबै समाजिक अगुवा लगायतको सहयोगमा महापुराण सफल भएको बताएका छन् । जोशी परिवारले महापुराणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

के तपाईंलाई थाहा छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.