महाकाली अस्पतालको सदस्यमा ओझा, भट्ट र चौधरी

महाकाली अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा अधिवक्ता एव नेकपा महिला नेतृ कौसिल्या ओझा, महेन्द्रनगरका युवा कृष्णानन्द भट्ट(किरण), उपप्राध्यापक एव थारु अगुवा हरिराम चौधरी नियुक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले महाकाली अस्पताल व्यवस्थापन समितिको सदस्यमा नेकपाकी नेतृ अधिवक्ता ओझा, युवा विकासप्रेमी किरण र जनज्योती क्याम्पसका उप प्राध्यापक, थारु अगुवा एव उद्यमी चौधरीलाई नियुक्त गरेको हो । यस अघि शिक्षक नेता कृष्णदत्त जोशी(बोक्सर)लाई अस्पतालको अध्यक्षमा नियुक्ती गरेको थियो ।

महाकाली अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्तका भएका त्रय सदस्य ओझा, भट्ट र चौधरीले जिम्मेबारीलाई निर्भिकताका साथ पुरा गर्ने बचन दिईरहेका छन् । तीनै जना दिग्गज अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त भएपछि उनीहरुलाई बधाईका साथै शुभकानामाको ओईरो सहित अस्पताल सुधारको अपेक्षा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *