महाकालीमा डेंगु नियन्त्रण कार्यक्रम सम्पन्न

कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका वडा नं.८ मा आज डेंगु नियन्त्रण जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

सनिवारका दिन समृद्धि राष्ट्र निर्माण र विकास हाम्रो साझेदारी र सरोकार भन्ने मुल नाराका साथ राष्ट्रप्रेमी नागरिक समाजले जनज्योती माविमा डेंगु नियन्त्रणका लागि सरोकारवालाहरु संग जनचेतना मुलक कार्यक्रम गरिएको हो । बढ्दो प्रविधिका साथ डेंगु रोगको लक्ष्यण सम्वन्धी सचेतनाका साथै यसलाई नियन्त्रण बारे जानकरी गराएको नागरिक समाजका अध्यक्ष चन्द्रप्रकाश खत्रीले जानकारी गराउनु भयो ।

उहाँका अनुसर उक्त कार्यक्रममा ९६ जना सहभागि रहेको समेत जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि महाकाली नगरपालिका वडा नं.८ का वडाध्यक्ष ओम प्रकाश रोकाया, कार्यक्रमका सभापती राष्ट्रप्रेमी नागरिक समाजका अध्यक्ष चन्द्रप्रकाश खत्री, विशिष्टि अतिथि सो वडाका वडा सदस्य धिर बहादुर खडका, अतिथिमा वडा सदस्य जय बहादुर खडका, महिला सदस्य सुनिता सुनार रहनु भएको थियो । सो कार्यक्रको संचालन राष्ट्रप्रेमी नागरिक समाजका सचिव नरेश खडकाले गर्नु भएको थियो भने स्वागत मनतब्य उक्त समाजका सह सचिव पवन बस्नेतले राख्नु भएको थियो ।
कर्यक्रममाले सार्थत्ता पाउनेमा स्थानीय बासी आशावादी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *