भीमदत्त नगरका जनप्रतिनिधीलाई लोगो

कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनप्रतिनिधीलाई लोगो वितरण गरिएको छ ।

स्थानीय सरकार संचालन ऐन अनुसार भीमदत्त नगरपालिकाले आफ्नै लोगो निर्माण गरेर वितरण गरेको हो ।

सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले उप प्रमुख शुशिला सिह(चन्द)लाई र प्रमुख विष्ट र उप प्रमुख चन्दले संयुक्त रुपमा वडाध्यक्ष, कार्यपालिका सदस्य, महिला सदस्य, दलित महिला र सदस्यहरुलाई वितरण गरेका थिए ।

भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरको छुट्टै पहिचानका लागि गोलो निर्माण गरेर वितरण गरेको बताउदै लोगो लगाउन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *